अघिल्लो दिन हामीले काउली र बन्दाको लागि जमीनको तयारी, बिउहरु बिचको दुरी, सिंचाई र ब्याडको हेरचाहको बारे जानकारी दिएका थियौँ।आज भने हामीले ब्याडमा लगाएका तिनै बेर्नाहरु कति दिनमा, कस्तो अवस्थामा, कस्तो जमिनमा, कसरी सार्नुपर्छ भन्ने जानकारी लिएर आएका छौं।बेर्ना सार्ने बेला ध्यान दिनुपर्ने कुराहरु :-१] उठेको र टाँडे नर्सरी ब्याडमा बीउ रोपको २५-३० दिनपछि विरुवाहरु सार्नका लागि तयार हुन्छ ।२] नर्सरीमा भएको बेर्नहरु उखेल्नु भन्दा १ घण्टा अगाडि पानी हाल्नु पर्छ । यसो गर्दा विरुवाका जराहरुमा पर्ने असरमा कमि आउँछ ।३] बेर्ना सार्ने ठाँउको माटो यदि सुख्खा छ भने एक दिन अगाडि नै सिँचाई गर्नुपर्छ र बेर्ना साँझपखको समयमा सार्नुपर्छ ।४] बेर्ना सारेपछि पनि विरुवामा सिँचाई गर्नुपर्छ ।५] बेर्ना सार्दाखेरी व्याडमा विरुवाको भाग जति माटोले छोपेको छ, त्यति नै भाग मात्र माटो मुनि रहने गरी सार्नु पर्दछ ।६] यदि बिरुवा ढल्ने सम्भावना भएमा टेका दिन सकिन्छ ।७] विरुवा सारेको एक हप्तासम्म प्रत्येक दिन सिँचाई गरेको हुनुपर्छ।