विश्वमा बीउबाट प्रसारण हुने रोगका कारण करिब १० प्रतिशत उत्पादनमा क्षति भैरहेको छ। बालीको प्रकृति अनुसार किसानको ५ देखि २० प्रतिशतसम्म लगानी बीउमै हुने गर्छ।

लगानी सुरक्षित गर्न र बीउको अंकुरण क्षमताको विकास गर्न बीउमा ढुसीनाशक तथा कीटनाशकको प्रयोग भैरहेको छ। जसले जमिनमा रहेका असल ढुसी तथा किरालाई मात्र होइन, अन्य सूक्ष्म जीवाणु तथा वातावरणमा समेत असर पुर्‍याइरहेको छ।

बीउको उपचार गर्न प्रयोग हुने जैविक ढुसीहरू—जस्तै ट्राइकोडर्मा, माइकोराइजा—वातावरणीय दृष्टिले लाभदायक भए पनि यस्ता जैविक विधि खरिद गर्न किसानले बजार जानु पर्छ, जसले उत्पादन लागत बढाउँछ। त्यसैले घरमै निर्माण गर्न सकिने विजामृत, बीउको उपचारका लागि उपयुक्त विकल्प हो।

के हो विजामृत?

विजामृत किसानको घर वरपर पाइने प्राकृतिक वस्तुहरूको मिश्रण हो, जसलाई बीउ वा बिरुवाको जरा र कटिङ आदिको उपचारका लागि प्रयोग गर्न सकिन्छ।

विजामृत बनाउने तरिका

विजामृत बनाउन पानी, गहुँत, गोबर, रसायन वा विषादी प्रयोग नगरिएको बारी वा जंगलको मलिलो माटोकृषि चुन आवश्यक पर्छ।

१०० के.जि. बीउ उपचार गर्न कम्तीमा ३० लिटर विजामृत आवश्यक पर्छ। तयार गर्ने विधि यसप्रकार छः

१) एउटा भाँडोमा २० लिटर पानी लिने।
२) उक्त पानीमा ५ के.जि. ताजा गोबर हालेर राम्ररी घोल्ने।
३) त्यही भाँडोमा ५ लिटर गहुँत हाल्ने।
४) रसायन प्रयोग नगरिएको जमिन वा जंगलको एक मुठी माटो हाल्ने।
५) करिब ५० ग्राम चिनी, गुड वा सक्खर हाल्ने।
६) एक मुठी कृषि चुन राखेर बाँस वा काठको लठ्ठीले राम्ररी चलाउने।

विजामृतका फाइदा प्रयोग विधि

माथि उल्लेख गरिएअनुसार तयार पारिएको विजामृतलाई १२ घण्टा पछाडि राम्ररी चलाएर प्रयोग गर्न सकिन्छ। बीउलाई तयार विजामृतमा १५ मिनेट भिजाएर घाम नलाग्ने ठाउँमा १–२ घण्टा ओभ्याएर रोप्नुपर्छ। जिवामृत तयार गरेको ४८ घण्टाभित्र प्रयोग गरिसक्नुपर्छ।

मुख्य फाइदाहरूः

१) बीउलाई रोग तथा ढुसीबाट सुरक्षा दिन्छ।

२) अंकुरण दर बढाउँछ।

३) जमिनमा जैविक गतिविधि वृद्धि गर्छ।

४) खर्च कम गर्छ र वातावरणमैत्री हुन्छ।

५) विषादी प्रयोग नगरिएको बीउ उत्पादनमा योगदान गर्छ।

विजामृतको विज्ञान

विजामृतमा प्रयोग हुने गोबर तथा गहुँतमा नाइट्रोजन निर्माण गर्नेफस्फोरस घुल्न सघाउने जीवाणुहरू पाइन्छन्, जसले बीउ वरपर बाक्लो उपस्थिति जनाएर हानिकारक ब्याक्टेरियालाई बढ्न दिँदैनन्।
जमिनको मलिलो माटोमा हुने असल ढुसीहरू रोग फैलाउने ढुसीको वृद्धि रोक्छन् र जमिनसँग बीउको सकारात्मक सम्बन्ध स्थापनामा सहयोग गर्छन्।
विजामृतमा हुने जीवाणुहरूको पुनःउत्पादन र घर्षणले जराको वृद्धि सघाउँछ तथा प्राकृतिक रूपमा हर्मोन उत्पादन गराई बिरुवा छिटो उम्रन र स्वस्थ बन्न मद्दत गर्छ।

यस सम्वन्धी पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित ख