कास्कीको पोखरामा पर्यावरणीय कृषि र खाद्य प्रणाली रुपान्तरण सम्बन्धी नीति संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ली–बर्ड र कृषि सूचना तथा प्रशिक्षण केन्द्र को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

ली–बर्ड कार्यकारी समितिका सचिव वेनी वहादुर बस्नेतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमकाे प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिकी सभापती माननीय दमयन्ती रुचाल हुनुहुन्थ्यो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव, प्रादेशिक कृषि मन्त्रालय र कृषि विकास निर्देशनालयका कर्मचारी, किसान, प्राध्यापक, पत्रकार, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा वक्ताहरूले नेपालमा दिगो कृषि प्रणालीको आवश्यकता र खाद्य सुरक्षामा देखिएका चुनौतीहरूको समाधानका लागि पर्यावरणीय कृषि एक महत्त्वपूर्ण विकल्प बन्न सक्ने धारणा राख्नुभयाे ।

स्वागत मन्तव्यकाे क्रममा ली-बर्डका कार्यकारी निर्देशक भरत भण्डारीले नेपालमा दिगो कृषि प्रणाली र खाद्य सुरक्षाको आवश्यकता औंल्याउँदै सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउनु भएकाे थियाे ।

कार्यक्रमका क्रममा प्यानल छलफल पनि आयोजना गरिएको थियो, जसमा प्रा.डा. दुर्गा देवकोटा, वासुदेव काफ्ले, बखत खड्का, मनोहर कडरिया र मिना गुरुङले आ–आफ्ना धारणा राख्नुभएकाे थियाे । प्यानल छलफलको सहजीकरण खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले गर्नुभएको थियो।

सोही अवसरमा कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले ‘पर्यावरणीय कृषिको मार्गचित्र’ प्रस्तुत गर्नुभयो। प्रस्तुत मार्गचित्रले नेपालमा दिगो कृषि प्रणाली विकास र खाद्य सुरक्षाको लागि आवश्यक नीति तथा कार्यान्वयनको दिशाबारे स्पष्ट खाका प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिकी सभापती माननीय दमयन्ती रुचालले आवश्यकता भनेको उत्पादनमुखी मात्र नभई वातावरणमैत्री र दिगो कृषि प्रणालीतर्फ लाग्नु भएकाे बताउनु भयाे । यसका लागि नीति, कार्यक्रम र व्यवहारबीचको अन्तर कम गरी किसानलाई व्यवहारिक सहयोग पुर्‍याउन आवश्यक भन्दै उहाँले सरकारले यसका लागि आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध भएकाे जानकारी दिनु भयाे।”

यसैबीच, ली–बर्डको सहजिकरणमा पर्यावरणीय कृषिको मार्गचित्र निर्माण भइरहेको जानकारी दिइएको छ। मार्गचित्र निर्माणको प्रक्रियालाई अघि बढाउन र सरोकारवालाको साझा बुझाइ बनाउन पर्यावरणीय कृषि र खाद्य प्रणाली रुपान्तरण सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला पनि भाद्र १६ देखि २१ गतेसम्म पोखरामा सञ्चालन भैरहेको छ।

कार्यक्रमले पर्यावरणमैत्री उत्पादन प्रणाली, खाद्य प्रणाली रुपान्तरण, र दिगोपनाका लागि नीति सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित ख