BREAKING
जेन-जी पृथ्वीको जिम्मेवारी लिन तयार छ ? | १५७ वटा पालिकाले मात्रै गरे भू–उपयोग क्षेत्र वर्गीकरण | प्रभातफेरीसँगै विश्व खाद्य दिवस,२०२२ को शुभारम्भ | देशभर कृषि र गैरकृषि जग्गा छुट्याउन परिपत्र | मिटरब्याजी पिडित किसानको मुद्धामा समाजवादी कृषि आन्दोलनको ऐकिबद्धता | 'विद्यमान कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसाहरूको प्रयासहरू विषयगत अनुसन्धानको अनुभव आदानप्रधान' कार्यक्रम सम्पन्न | स्थानीय स्रोतको आधारमा जैविक मल बनाउने तरिका | Climate Crisis in Nepal: Nepali Peasants disappointed from the outcomes of COP26 | नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन अमेरीकाकाे एटलान्टा, जर्जियामा सम्पन्न | पर्यावरणीय खेती : नेतृत्वको मुखमा राम राम बगलीमा छुरा |

बन्दा काउलीमा लाग्ने किराहरु काउली भन्दामा धेरै प्रकारका किराहरु लागेको पाइन्छ । बिभिन्न प्रकारका किराहरुले काउलीलाई खाइदिन्छ । जसले गर्दा काउलीको उत्पादनमा ह्रास ल्याइदिन्छ । काउलीमा लाग्ने किरा नियन्त्रण उपायका बारेमा यहाँ जानकारी दिने प्रयत्न गरिएको छ ।

१) लाही -Aphids_ -Homoptera Aphidae_ Brevicoryne brassicae

सेतो रङको पातको पछाडिपट्टी टाँसिएर बस्ने किरा नै लाही हो । यि लाहीहरु धेरैजसो पहाडी भेगमा बढी पाइन्छन । काउलीको पातमा भएको ति सानसाना किराहरुले बोटलाई चुसेर बढ्न दिदैन र पात खुम्चन्छ । यिनिहरु धेरैजसो समुहमा बस्दछन् ।

नियन्त्रणका उपायहरु – सिस्टेमिक बिसादिहरु जसै मेटासिड प्रती लिटर पानीमा २ एम एल घोलेर बोटमा छर्कनु पर्दछ । वा डाइमेथोएट (३०५) झोल ४ सय देखी ५सय लिटर पानीमा मिसाएर प्रति हेक्टरका दरले छर्कने ।

२) खपटे (fle Beetle) – Coleoptera, Chyrosmelidae Phyllotreta cruciferae

उपिया जस्तो कालो रङको किरा नै खपटे हो । जसको नजिक गयो भने उफ्रेर भाग्दछ । शरिरको अग्रभाग अलिक सानो र पछाडिपट्टी अलिक चौडा हुन्छ । यि खपटाका बयस्क र बच्चा दुबैले नोक्सान पुर्याउछन् ।

लार्भाहरु माटोमा बस्दछन् र जरा खान्छन् । बयस्क खपटेहरुले बिरुवाको पातमा मसिना प्वाल पारेर खान्छन । किरा लागेको पातमा यस्ता कयौं प्वालहरु देखिन्छन । किरा लागेका पुराना पातहरु सुक्दै जान्छन ।

नियन्त्रणका उपायहरु– कन्टाक्ट बिषादीको प्रयोग गर्नुपर्दछ । जस्तै नुभन -Trade name of 2, 2 dichlorovinyl dimethyl phosphate प्रती लिटर पानीमा १.५ एम एल बिषादी मिसाएर घोलेर छर्कनु पर्दछ ।

३) बन्दाको पुतली (Cabbage Butterfly) Lepidoptera, Pieridae

नेपालमा पाइने प्रजातीहरु Pieris brassicae nepalensis Pieris canidia Pieris indica अगिल्ला पखेटको छेउमा किरानामा (distal margin) कालो धब्बा हुन्छ । पोथी पुतलीको अगिल्लो पखेटाको भित्री किनाराको छेउमा एउटा कालो धब्बा हुन्छ । भाले पुतलीको भने प्रत्यक अगिल्लो पखेटाको तल्लो सतहमा दुइवटा काला धब्बा हुन्छन ।

लाभ्रेको रङ निलो–हरियो हुन्छ । ढाडपट्टी ३ वटा पंहेला धर्शाहरु हुन्छन र शरीरभरी काला थोप्लाहरु र झुस हुन्छन । यसको लार्भा अवस्था बिरुवाको लागी हानिकारक हुन्छ ।

सुरुमा पुतलीले काउलीको पातमा फुल पार्दछ र फुलबाट लार्भा किराहरु निस्कन्छन् । लार्भाले बोटको पात छेउबाट खाँदै जान्छ । यिनिहरु सुरुमा समुहमा बस्दछन र पछी छुट्टिएर चारैतर्फ फैलिन्छन । एक बोटबाट अर्को बोटमा पनि जान्छन । जसले गर्दा यिनिहरुले धेरै नोक्सानी गर्दछन् ।

नियन्त्रणको उपायहरु– (क) ब्यबसायिक खेतिमा यसलाई नियन्त्रण गर्न रासायनिक बिषादीहरुको प्रयोग गर्नु पर्दछ । जस्तै बजारमा पाइने बिषादी नुभान Trade name या 2, 2-dichlorovinyl diethyl phosphate २ एम एल प्रति लिटर पानीमा घोलेर छर्कने । (ख)मालाथिओन १.५ लिटर ५सय (१हजार लिटर पानिमा मिसाएर छर्कने (१ हेक्टर जग्गाको लागि) (ग) सम्भब भएसम्म हातले टिपेर पनि नियन्न्रण गर्न सकिन्छ ।

४) इटबुट्टे किरा (Diamond Back Moth)

(Lepidoptera; Plutellidae) Plutella xylostella अगाडीको पखेटा खैरो रङका हुन्छन र यि पखेटाको भित्री किनारामा सेतो अथवा हल्का खैरो रङ्को त्रिकोण आकारको ३ वटा चिन्नहरु हुन्छन र पुतली बसेको बेला दुबै पखेटाका उक्त चिन्नहरु मिलेर इंट (Diamond) को आकार बनाउंछन । लाभ्रे कारीब १२ मि.मि. लामो, हरियो रङको हुन्छ ।

यो प्रायः लाग्दैन तर लागिसकेपछी नियन्त्रणमा ल्याउन गार्हो हुन्छ । बिषादीबाट यसको नियन्त्रण गर्न गार्हो हुने भएकोले यसलाई बिषादी पचाएको किरा भनेर पनि चिनिन्छ । त्यसकारण यसलाई बिषादी प्रयोग नगर्दा राम्रो हुन्छ ।

नियन्त्रणका उपायहरु– मालाथिओन १.५ लिटर ५सय (१हजार लिटर पानिमा मिसाएर १० दिनको अन्तरमा छर्कने (१ हेक्टरका लागि) र काउलीको बिचबिचमा गोलभेडा र सागपातहरु खेती गर्यो भने केही हदसम्म यसलाई नियन्त्रण गर्न भने सकिन्छ ।

५)तोरीको करौते बरुलो (mustard sawfly)

Coleoptera; Tanthredinidae Athalia lugens यो खासगरी तोरीमा लाग्ने किरा हो । तर यो काउली, बन्दा र सागहरुमा पनि लाग्दछ । यसको लार्भा र बयस्क दुबैले क्षति गर्छ । यसले बिरुवाको फुल, टुसा, डाठ र पात खाइदिन्छ ।

नियन्त्रणका उपायहरु – (यसलाई पनि कन्टाक्ट बिषादीको नुभन Trade name of 2, 2 dichlorovinyl dim ethyl phosphate को प्रयोग गर्ने २ एम एल प्रतिलिटर पानिमा । रोजर (trade name या Dimethoate 30 EC १.५ एम एल. प्रतिलिटर पानीमा घोलेर छर्कने ।

६)पतेरो (Bug) (Nezara antennata, Hemiptera ; Pentatomidae)

धेरै जसो पतेरोहरु कालो तथा खैरो रङको असाध्यै गन्हाउने हुन्छन् । यसको माउ र बच्चाहरुले बोट बिरुवाको पातमा बसेर चुस्दछन् । बिरुवाले आफुलाई बनाएको खानालाई किराले चुसिदिएपछि बोटबिरुवा बढ्न सक्दैन र अरु रोगहरु लाग्ने सम्भावना पनि बृद्धि हुन्छ ।

नियन्त्रणका उपायहरु – (चुसेर खाने भएकाले यसलाई सिस्टेमिक बिषादी प्रयोग गर्दा प्रभावकारी हुन्छ । मेटासिड प्रती लिटर पानीमा २ एम एल राम्रोसग घोलेर छर्कनु पर्दछ ।

७) जालो किरा (leaf webbers)– Pyralidae Crocidolomia binotalis

यसले पातमा जालो बनाउछ । यो एउटा लाभ्रे किरा हो तर जालो बनाएर बस्छ र पात खान्छ । यो किरा लागेको थाहा पाउनको लागी बारीमा लगाएको बोटमा धेरै जालोहरु देखिन्छ ।

नियन्त्रणका उपायहरु – कन्टाक्ट बिषादिको प्रयोग गर्नुपर्दछ । जस्तै नुभन (Trade name या DDVP_) प्रतिलिटर पानीमा १.५ एम एल बिषादी मिसाएर घोलेर छर्कनु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित ख