BREAKING
जेन-जी पृथ्वीको जिम्मेवारी लिन तयार छ ? | १५७ वटा पालिकाले मात्रै गरे भू–उपयोग क्षेत्र वर्गीकरण | प्रभातफेरीसँगै विश्व खाद्य दिवस,२०२२ को शुभारम्भ | देशभर कृषि र गैरकृषि जग्गा छुट्याउन परिपत्र | मिटरब्याजी पिडित किसानको मुद्धामा समाजवादी कृषि आन्दोलनको ऐकिबद्धता | 'विद्यमान कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसाहरूको प्रयासहरू विषयगत अनुसन्धानको अनुभव आदानप्रधान' कार्यक्रम सम्पन्न | स्थानीय स्रोतको आधारमा जैविक मल बनाउने तरिका | Climate Crisis in Nepal: Nepali Peasants disappointed from the outcomes of COP26 | नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन अमेरीकाकाे एटलान्टा, जर्जियामा सम्पन्न | पर्यावरणीय खेती : नेतृत्वको मुखमा राम राम बगलीमा छुरा |

मिति २०७९ असोज ८ गते दिन खाद्य दिवस विशेष प्रभातफेरी सम्पन्न भयो । चितवनको नारायणगढको पुल्चोकबाट सुरु भएर चौविसकोटीमा पुगेर कोण सभामा परिणत भएको थियो । खाद्यका लागि कृषि अभियान र सम्बद्ध संस्थाहरु, जिल्ला प्राङ्गारिक समूह, लमजुङ क्याम्पसमा विध्यार्थी समूहहरु, कृषि र वन विज्ञान विश्वविद्यालयका विध्यार्थी समूहहरु, रामपुर क्यापसका विध्यार्थी समूहहरु र स्थानीय संघ संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।


खाद्य दिवसका कार्यक्रमहरुको जानकारी गराउँदै, सार्वजनिक अपिल वितरण गर्दै प्रभातफेरी बिहान ११ बजे सुरु भएको थियो । भरतपुर पुल्चोकबाट सुरु भएको प्रभातफेरीमा जमिन कसलाई ? खेती गर्ने किसानलाई, आफ्नै घरको छाना देउ, खेती गरि खाना देउ, सबै किसान साथिभाई; माटो बचाउ पछिलाई, बोक्छ भारी जोत्छ खेत; किसान मर्छ खाली पेट, रैथाने सीप रैथाने बीउ; स्वस्थ खाना फुर्तिलो जीउ, बिचौलिया हिड्छ कारमा; किसान सँधै मारमा जस्ता विभिन्न नारा लेखिएका प्लेकार्ड तथा ब्यानर सहित किसान, विध्यार्थी र अभियान्ताको कार्यक्रममा उपस्थिति रहेको थियो ।


चितवनको चौविसकोटीमा भएकोे कोणसभामा बोल्दै कृषि स्नातकका विध्यार्थी भूवन गौलीले नेपालको कृषि र कृषि प्रणाली फेर्न कृषि विध्यार्थीले पैरवी गरिरहने बताउनु भयो । उक्त समारोहमा बोल्दै डा. सुवास बस्नेतले खाना तथा जनस्वास्थ्य एक सिक्काको दुई पाटा भएको र अहिलेको विषाक्त खानाले जनस्वास्थ्य डरलाग्दो ढङ्ले बिग्रदै गहिरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला प्राङ्गारिक संघ, चितवनका अध्यक्ष चन्द्र अधिकारीले किसानहरुले प्राङ्गारिक खेतीप्रति रुचि देखाएपनि अभ्यास गर्न तत्पर नभएको हुँदा अभियानहरुले किसानको आत्मवल बढाउन पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय किसान समूह महासंघ नेपालकी महासचिव रिता वास्ताकोटीले साना, सिमान्तकृत, महिला भूमिहीन किसानका आवाज सरकारमाझ पुर्याउन सबै सरोकारवालाहरु तयार हुन पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै खाद्यका लागि कृषि अभियानका सस्थापक संयोजक डा. कृष्ण प्रसाद पौडेलले अहिलेको अत्याधिक रसायन र विषादीको प्रयोगले माटो तथा मानिस दुबै विषाक्त बनेको बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले खाद्यका लागि कृषि अभियानले किसान र खानाका मुद्दाहरु उठाउँदै आइरहेको बताउँदै, खाद्यका लागि कृषि अभियानले गर्ने कार्यक्रममा ऐक्यबद्धता सहित उपस्थित हुन आग्रह पनि गर्नु भएको थियो ।खाद्यका लागि कृषि अभियान र यससँग सम्बद्ध संघ संस्थाले खाद्य दिवस २०२२ को अवसरमा संघीय, प्रदेश र स्थानीय तहमा विविध कार्यक्रम संचालन गर्न गहिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख