BREAKING
जेन-जी पृथ्वीको जिम्मेवारी लिन तयार छ ? | १५७ वटा पालिकाले मात्रै गरे भू–उपयोग क्षेत्र वर्गीकरण | प्रभातफेरीसँगै विश्व खाद्य दिवस,२०२२ को शुभारम्भ | देशभर कृषि र गैरकृषि जग्गा छुट्याउन परिपत्र | मिटरब्याजी पिडित किसानको मुद्धामा समाजवादी कृषि आन्दोलनको ऐकिबद्धता | 'विद्यमान कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसाहरूको प्रयासहरू विषयगत अनुसन्धानको अनुभव आदानप्रधान' कार्यक्रम सम्पन्न | स्थानीय स्रोतको आधारमा जैविक मल बनाउने तरिका | Climate Crisis in Nepal: Nepali Peasants disappointed from the outcomes of COP26 | नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन अमेरीकाकाे एटलान्टा, जर्जियामा सम्पन्न | पर्यावरणीय खेती : नेतृत्वको मुखमा राम राम बगलीमा छुरा |

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले इजरायल सरकारको सहयोगमा नेपालका सातै वटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापनाको लागी तयारी अगाडी बढाएको छ । बैठकमा उक्त केन्द्र स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने इजरायलका लागि नेपाली राजदुत अन्जन शाक्यलाइ अख्तियारी दिने निर्णय भएको हो।


के हो ? एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स ?

अन्तराष्ट्रिय विकास सहयोगको लागी बनेको इजरायली विदेश मन्त्रालय अन्तर्गतको एजेन्सी मशाभले इजरायली कृषि प्रविधिको बिस्तार र विकास गर्ने उदेश्यले अल्पविकशित र विकासशिल देशहरुमा सुरु गरेको योजना हो। सन् १९५८ मा स्थापित मशाभले इजरायलमा विकशित प्रविधि र ज्ञानको अन्तराष्ट्रियकरण गर्दै आइरहेको र इजरायलमा विकशित कृषि प्रविधिको विस्तार र प्रयोग ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’को माध्यमबाट गर्ने गर्दछ। भारतमा इन्डो-इजरायल कृषि परियोजनाको रुपमा यो योजना सन्चालित छ।


के गर्छ नेपालमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स ले ?

यसले नेपालको कृषि पद्धति बुझेर, प्रयोग गर्न सक्ने इजरायली पद्धतीको अध्ययन र अनुसन्धान गर्छ। इजरायली विशेषज्ञले आफ्नो ज्ञान र शिप नेपाल समक्ष बाँड्छन । विविध बाली र खेति प्रविधिको इजरायली विशेषज्ञको उपश्थितिमा अनुसन्धान गरिन्छ र सफल प्रविधि र ज्ञानको विस्तार गरिन्छ ।

सन् २००८ मा स्थापित इन्डो-इजरायल कृषि परियोजना सफल रुपमा सन्चालन भएको र कृषि विकासमा धेरै सहयोग पुगिरहेको अवस्थामा यो योजना एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्सको माध्यमबाट नेपालमा भित्रिने भएको हो।

प्रतिक्रिया

सम्बन्धित ख