BREAKING
न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार | कृषि वनस्पतिशास्त्र विषयको स्नातकोत्तर पाठ्यक्रम परिवर्तनको लागि आधारभुत छलफल सम्पन्न | दिगाे र पर्यावरणीय मैत्रि खेतीपाती राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न |

प्रदेश नं. ५ मा अहिले राजधानीको चर्चा निकै चलिरहेको छ । यसैबिच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मिति २०७७\०६\१८ गते निकालेको प्राविधिकहरुको अन्तर्वाताको सुचिको बहस पनि अहिले कृषि आबद्ध विध्यार्थीको क्षेत्रमा खुबै चुलिएको छ । कार्यविधिको धज्जि उडाउने गरि निकालिएको सुचि प्रति फारम भर्ने थुप्रै विध्यार्थीहरू असन्तुष्ट देखिए ।


“म सँग ६ बर्षको काम गरेको अनुभब छ । स्नातकमा पनि राम्रो श्रेणीमा उत्तिर्ण गरेकी छु , धेरै राष्ट्रिय अन्तराष्ट्रिय तालिम पनि सन्चालन गरेकी छु तर पनि सुचिमा नाम आएको छैन। पक्कै पनि ठुलै चलखेल भएको हुनपर्छ।” आवेदन दिए मध्ये नाम नखुलाउने सर्तमा एकजनाले उब्जनी सँग भनिन्।


मिति २०७७\०५\२७ गते सुचना जारी गरेर प्रदेश सरकारले ठुलो सङ्ख्यामा कृषि प्राविधिक माग गरेको थियो । सुचनामा कार्यविधी अनुरुप अन्तवार्ताका लागि सुचि निकाल्ने भनिएता पनि मनोमानी रुपमा सुचि निकालेको पाइएको हो ।


कार्यविधिमा स्पष्ट रुपमा शैक्षिक योग्यता, तालिम र अनुभबलाइ आधार मान्ने भनेर भनिएको भएतापनि सुचिहेर्दा कार्यविधि अनुसार नआएको धेरैको गुनासो छ।


आफुभन्दा कम शैक्षिक योग्यता भएका र कार्यगत अनुभब पनि कम भएका सुचिमा अटाएको आबेदक मध्येका केहिले उब्जनीसँग बताए। यस्तो मनोमानीको विरुद्धमा आवश्यक परे कानुनी सहयोग लिनेपनि आबेदकहरुले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख