BREAKING
जेन-जी पृथ्वीको जिम्मेवारी लिन तयार छ ? | १५७ वटा पालिकाले मात्रै गरे भू–उपयोग क्षेत्र वर्गीकरण | प्रभातफेरीसँगै विश्व खाद्य दिवस,२०२२ को शुभारम्भ | देशभर कृषि र गैरकृषि जग्गा छुट्याउन परिपत्र | मिटरब्याजी पिडित किसानको मुद्धामा समाजवादी कृषि आन्दोलनको ऐकिबद्धता | 'विद्यमान कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसाहरूको प्रयासहरू विषयगत अनुसन्धानको अनुभव आदानप्रधान' कार्यक्रम सम्पन्न | स्थानीय स्रोतको आधारमा जैविक मल बनाउने तरिका | Climate Crisis in Nepal: Nepali Peasants disappointed from the outcomes of COP26 | नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन अमेरीकाकाे एटलान्टा, जर्जियामा सम्पन्न | पर्यावरणीय खेती : नेतृत्वको मुखमा राम राम बगलीमा छुरा |

समाजवादी कृषि आन्दोलनले मिटरब्याजी किसानको मुद्धामा आफ्नो ऐकिबद्धता प्रस्तुत गरेकोे छ । मिति २०७९ श्रावण २८ गते एक विज्ञप्ती जारी गर्दै आन्दोलनले ऐकिबद्धता जनाएको हो ।

आफ्नो ऐकिबद्धता बक्त्तव्य राख्दै आन्दोलनका संयोजक अमृत वि.क. ले किसानहरु आफ्नो फसल उत्पादन गरेर सबैलाई बचाउन लागि रहदाँ सरकार तिनै किसानलाई विस्तापन गर्न उद्धत रहेको बताउनु भयो । वि.क. ले अहिलेको राज्य व्यबस्था गरिव किसानको नभएको र दलालहरुले संन्चालन गरिरहेको राज्य व्यवस्था भएको बताउनु भयो । मिटर ब्याजी किसानहरुले न्याय नपाएसम्म आन्दोलन किसानसँगै सडकमा रहने पनि उहाँले बताउनु भयो ।


मिटर ब्याजमा पैसा लिएर जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्दै आइरहनु भएको छ । यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनको लगातारको धर्ना स्थगित गर्नुभएको उहाँहरु सम्झौता कार्यान्वयन नभएपछि पिडितहरूले पुन प्रदर्शन गर्दै आइरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख