BREAKING
'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार |

रासायनिक विषादिको अनियन्त्रित प्रयोगले गर्दा हाम्रो वातावरण, माटो र स्वास्थमा प्रतिकुल असर परिरहेको छ। यस असरलाई कम गरी स्वास्थ उत्पादनको लागि झोलमल विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ। झोलमल गाउँघरमा पाइने स्थानीय सामग्रीबाट बनाउन सकिन्छ। गन्ध आउने, तितो, टर्रो, पिरो, कोक्याउने, अमिलो हुने झारपात र छिटो गल्न सक्ने साथै जडिबुटी जन्य बिरुवाको पात, फूल, बोक्रा आदि कुहाएर तयार गरिन्छ। बालिको वृद्धि विकास र उत्पादनको लागि आधारभुत आवश्यकताहरु मध्ये बिरुवाको वा खाद्यतत्व मलखाद, पानी, सिचाइ किराबाट बचावट झोल मलबाट हुनसक्दछ। यसले रसायनिक मल तथा विषादीहरूको प्रयोगमा कमी ल्याई त्यसबाट हुने नकारात्मक असरलाई न्यून गर्न सक्दछ। यो प्राङ्गारिक कृषिको आधार हो। धेरै जातका वनस्पति मिश्रित झोलमल बढी प्रभावकारी देखिएको छ। लसुन, खिर्राे, तुलसी, असुरो, टिमुर, मेवाको पात, सजिबन, वनमाराको साथै काँचो गोबर, खरानी, गाईवस्तुको गहुत, प्लास्टिको ड्रम, कपडा र बोरा तथा पानी आदि झोल मल बनाउन आवश्यक सामग्रीहरु हुन। झोलमललाई चियामल वा गीतमल पनि भनिन्छ। युरियामा एउटा मात्र खाद्य तत्व पाइन्छ भने यसमा सूक्ष्म तत्वहरु पनि पाइन्छन्। यसलाई झोल अवस्थामा बिरुवाले सजिलै लिन सक्दछ, पातबाट समेत सोसिन्छ, माटोमा चिस्यान बढाउँछ तसर्थ छोटो समयमा नै उल्लेखनीय प्रभाव देखिन्छ।


बनाउने तरिका
आवश्यकताअनुसार विभिन्न सामग्रीहरु तथा वनस्पतिहरु जम्मा गर्ने। मसिनो गरि काटिएको वनस्पति, काँचो गोबर र खरानी राम्रोसँग मिसाई जुटको बोरा वा कपडामा बाँधेर ड्रमको पानी र गाईवस्तुको गहुतको मिश्रणमा डुबाएर राख्नु पर्दछ। २० लिटर क्षमता भएको ड्रममा झोलमल बनाउँदा १० लिटर पानी र गहुँतको मिश्रण, ५ केजी जडिबुटी जन्य वनस्पति र दुई केजी काँचो गोबर साथै आधा केजी खरानी चाहिन्छ। काँचो गोबर र खरानीले सूक्ष्म जीवाणु उत्पादन गर्न सहयोग गर्दछ। ड्रमको पानी फिक्का चिया रङ्ग रङको भएपछि र त्यसमा राखिएका वनस्पतिको पातको हरियोपन हटेर नसाहरु मत्र भएपछि यो मल तयार भएको बुझ्नुपर्दछ। गर्मी समयमा ८ देखि १० दिनमा र जाडोमा १५ देखि २० दिनमा तयार हुन्छ।

प्रयोग विधि
झोलमलले बिरुवालाई मल दिने माटोमा चिस्यान कायम राख्ने र किराबाट समेत बालीलाई बचाउने भएकाले यसलाई किरा लाग्ने समस्यामा पटकपटक छर्नु पर्दछ।झोलमल कलिलो विरुवा एवं हुर्केको बिरुवा दुवैमा छर्न सकिन्छ। झोलमल कडा हुने भएकाले यहाँ पानी मिसाई प्रयोग गर्नुपर्दछ। कलिलो विरुवामा प्रयोग गर्ने हो भने धेरै मात्रामा पानी मिसाउनु पर्दछ। पहिलोपटक तयार भएको झोलमल ज्यादै कडा हुने भएकाले पानी बढी मिसाउनु पर्दछ। त्यसपछि त्यही भाँडोमा वनस्पति नझिकिकन फेरी पानी बनाएको झोलमल कम कडा हुन्छ।


एक भाग झोलमल मिसाउनुपर्ने पानीको मात्राः

झोलमलको उपयोगिता
१. स्थानीय सामग्री र ज्ञान सीप उपयोग
२. वातावरण संरक्षण तथा पर्यावरणीय सन्तुलन
३. रसायनिक मल र विषादीको सन्तुलित प्रयोग
४. रोग किराको स्थानीय व्यवस्थापन र सिँचाइको व्यवस्था
५. फाइदाजनक सूक्ष्म जीवाणुहरूको सक्रियता वृद्धि गरी जैविक माटो व्यवस्थापन
६. मानव स्वास्थ्यका लागि गुणस्तरीय उत्पादन

प्रतिक्रिया

सम्बन्धित ख