BREAKING
जेन-जी पृथ्वीको जिम्मेवारी लिन तयार छ ? | १५७ वटा पालिकाले मात्रै गरे भू–उपयोग क्षेत्र वर्गीकरण | प्रभातफेरीसँगै विश्व खाद्य दिवस,२०२२ को शुभारम्भ | देशभर कृषि र गैरकृषि जग्गा छुट्याउन परिपत्र | मिटरब्याजी पिडित किसानको मुद्धामा समाजवादी कृषि आन्दोलनको ऐकिबद्धता | 'विद्यमान कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसाहरूको प्रयासहरू विषयगत अनुसन्धानको अनुभव आदानप्रधान' कार्यक्रम सम्पन्न | स्थानीय स्रोतको आधारमा जैविक मल बनाउने तरिका | Climate Crisis in Nepal: Nepali Peasants disappointed from the outcomes of COP26 | नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन अमेरीकाकाे एटलान्टा, जर्जियामा सम्पन्न | पर्यावरणीय खेती : नेतृत्वको मुखमा राम राम बगलीमा छुरा |

अमेरिका । एसोसियसन अफ नेपालीज एग्रिकल्चरल प्रोफेसनल्स अफ अमेरिकाज (नापा, NAPA – https://www.napaamericas.org/) को तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन सन् २०२२ मे २७ – २९ मा संयुक्त राज्य अमेरिकाको एटलान्टा, जर्जियामा सम्पन्न भएको छ ।

“बदलिदो विश्वमा कृषि आधुनिकीकरण – Advancing Agriculture in a Changing World” भन्ने नारा सहित सम्पन्न भएको उक्त सम्मेलनमा अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप, नेपाल लगायत १० मुलुकहरू कायर्रत कृषि र सम्बद्ध विषयका वैज्ञानिकहरूले विभिन्न विधाहरूमा आफ्ना सोधपत्रहरू प्रस्तुत गर्नुभएकाे थियो ।

कार्यक्रममा वैज्ञानिक सोधपत्र प्रस्तुति बाहेक कृषि नीति मन्च, उद्योग र शैक्षिक रोजगार मन्च, वित्तीय सचेतना, कृषि-कविता प्रतियोगिता, गोल्फ प्रतियोगिता तथा विद्यार्थीहरूलाई लक्षित गरी विशेष कार्यक्रम आयोजना गरिएको थियो । विद्यार्थीहरूले मौखिक र पोस्टर (oral and poster) दुवै माध्यममा आफ्नो सोधपत्र प्रस्तुत गरेका थिए। उत्कृष्ट विद्यार्थी प्रस्तोताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिनमा नापाको वार्षिक साधारण सभा समेत सम्पन्न भएको थियो। कार्यक्रममा नापाका अध्यक्ष डा. मेघनाथ पराजुलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । डा. पराजुलीले आफ्नो कार्यकालकामा सम्पन्न भएका कार्यक्रमहरूमा उत्साहजनक सहभागिता रहेको जानकारी दिंदै आउँदो कमिटीले अझै प्रगति गर्दै जानु पर्ने कुरामा जोड दिनुभएको थियो । 

समापन कार्यक्रममा कृषि कविता, विद्यार्थीहरूको निवन्ध लगायत विभिन्न विधाहरूमा पुरस्कार वितरण गर्नुको साथै चन्दादाता तथा स्वयंसेवकहरुलाई सम्मान गरिएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै नापाका सल्लाहकार तथा कार्यक्रमका अध्यक्ष डा. नन्द जोशीले नापाको अन्तर्राष्ट्रिय साङ्गठानिक स्वरुपको चर्चा गर्दै तेस्रो अन्तराष्ट्रिय सम्मेलन सफल भएको बताउनु भयो । आगामी दिनमा नापाले अमेरिका बाहिर पनि कार्यक्रमहरू संचालन गर्दै जानुपर्नेमा जोड दिनुभएको थियो ।

साेही कार्यक्रममा प्रमूख निर्बाचन आयुक्त प्राध्यापक गोपी उप्रेतीले आगामी दुई बर्षको लागि निर्बाचित नयाँ कमिटीका पदाधिकारीहरुको नाम घोषणा गर्नुको साथै उनीहरूलाइ सपथग्रहण गराउनु भएको थियो । सन् २०२२ – २०२४ सम्म कार्यकाल हुने नयां कमिटीको अध्यक्षता डा. प्रदीप वाग्लेले गर्ने हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख