मकैमा लाग्ने रोगहरु:
१. पातमा लाग्ने डढुवा रोग
मकैको पातमा लाग्ने डढुवा रोग संसारभरका मकै उत्पादन हुने क्षेत्रहरुमा फैलिएको छ र बढी गर्मी हुने क्षेत्रहरूमा अत्याधिक रूपमा लाग्दछ। बढी ताप्क्रम र बढी सापेक्षिक आर्द्रता भएमा रोग चाँडै फैलिन्छ। यो रोगले आक्रमण गर्दा पातमा साना गोलाकार थोप्लाहरु पातको नशाको बीचमा देखिन्छन् र पछि यी साना थोप्लाहरु बढेर आपसमा जोडिएर पात डढेको रुपमा देखिन्छन्। यो रोगको जीवाणु मकैको अघिल्लो बर्षको कुहिएको भागमा खेतबारीमा अर्को बर्षसम्म रहिरहन सक्दछ त्यसकारण रोकथामको सबैभन्दा प्रभावकारि उपायमा बालिचक्र अपनाउनु नै हो। रोग अवरोधका जातहरु जस्तै रामपुर कम्पोजिट, अरुण २ पनि लगाउन सकिन्छ।#ubjani#maize#disease#maizefield#diseaseprevention#symptoms#agricultureknowledge