BREAKING
नेपालकाे पर्यावरणीय कृषिकाे मार्गचित्र माथि दोश्रो राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न | चितवन महाेत्सवमा पर्यावरणीय कृषिकाे पैरवी | 'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर |

औंंसाबाट हुने नोक्सानी कम गर्न विभिन्न उपायहरु अपनाउन सकिन्छ। त्यसमध्ये, मोहनी पासो अर्थात फेरोमोन ट्रयाप निकै उपयोगमा आएको पाईन्छ। उक्त पासो भित्र कपासमा करिब दश थोपा मिथाइल युजिनोल वा क्युुलुरलाई ५ देखि १० थोपा मालाथियन वा नुभानसगँ मिसाएर राखिन्छ। भाले झिँगाहरु गन्धको कारणले आर्कषित हुन्छन् र बिषादिको कारणले मर्छन्। म्याकफेल पासोमा भने प्रोटीनयुक्त चारो र पानी प्रयोग गरिन्छ। प्रोटिन कुहिन सुरुगरे पछि यसबाट निस्कने एमोनिया ग्यासँमा झिँगाहरु आकर्षित् हुन्छन् र पासोमा पर्छन्। पासो भित्र रुमल्लिएका झिँगाहरु पानीमा डुब्दछन् र मर्छन्। यस पासोबाट सबै प्रजातिका औंसाका भाले र पोथी झिँगाहरु आकर्षित् हुन्छन्। यदि सानो क्षेत्रमा खेती गरिएको छ भने फललाई कागजको थैला बनाएर छोप्न सकिन्छ जसले गर्दा माउ झिँगाले फलमा फूल पाउदैनन्। प्लाष्टिक घरमा खेती गरिएको अवस्थामा मसिना जाली हालेर झिँगाको प्रवेश रोक्न सकिन्छ। त्यसैगरी, फर्सी थिचेर त्यसको लेदो पनि औंसाको नियन्त्रणमा उपयोग गरेको पाईन्छ। त्यस्तै भिनेगर र भाडा धुने साबुन मिसाएर पनि पासोको रुपमा प्रयोग गर्न सकिन्छ।#ubjani#insects#fruitfly#damage#prevention#management#solutions

प्रतिक्रिया

सम्बन्धित ख