ग्लाेवल डे अफ एक्सन काे अवसर पारेर काठमान्डाैँ लगायत देशका विभिन्न क्षेत्रमा न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च सम्पन्न भएकाे छ । काठमान्डाैँमा भृकुटीमण्डव देखि सुरु भएकाे जनमार्च शान्तिवाटिका पुगेर टुङ्गिएको थियाे । मार्चमा “what do we want – climate justice”, “when do we want – now, now”, चाहीँदैन चाहिँदैन – जलवायु रिण चाहीँदैन, पाइँदैन पाँइदैन – रिण लाद्न पाइँदैन जस्ता नाराहरु लगाइएकाे थियाे ।
ग्लोबल डे अफ एक्शन अन्तराष्ट्रिय विरोध ढाँचा हो। सन् २००५ मा विश्वव्यापी जलवायु अभियानको सन्दर्भमा पर्यावरणवादी अभियान्ताहरुले यसलाई प्रयोग गर्न थाले। याे अभियानमा, अभियानकर्ताले ग्लोबल वार्मिङमा मानव जातिको प्रभावमा विश्वको ध्यान केन्द्रित गर्ने लक्ष्य राखेका थिए। यसको मुख्य उद्देश्य भनेको आ-आफ्नो सरकारका निर्वाचित प्रतिनिधिहरूले क्योटो प्रोटोकलद्वारा तय गरिएका प्रतिबद्धताहरूको सम्मान गर्न, विश्वभर एकताबद्ध शान्तिपूर्ण प्रदर्शनहरू सञ्चालन गरेर मागहरूको नेतृत्व गर्नु हो।