BREAKING
न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार | कृषि वनस्पतिशास्त्र विषयको स्नातकोत्तर पाठ्यक्रम परिवर्तनको लागि आधारभुत छलफल सम्पन्न | दिगाे र पर्यावरणीय मैत्रि खेतीपाती राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न |

शिल्पि कला समूह सट्टापट्टा नाटक लिएर चितवन यात्रामा छ। खाद्यका लागि कृषि अभियानको सहकार्यमा सट्टापट्टा नाटक निर्माण गरिएको हो।

समूहले कार्तिक २७ गते माझगाउँ माविमा नाटक प्रस्तुति गरिसकेको छ भने मंसिर ३ गतेसम्म विभिन्न स्थानमा प्रस्तुत गर्ने तयारी गरेको छ। समूहले कार्तिक २८ गते राष्ट्रिय मा.वि. हात्तिवाङ, कार्तिक २९ गते जनप्रिय मा.वि. काउले, कार्तिक ३० गते त्रिवेणी बराह मा.वि. मुग्लिङ र सर्वशान्ति मा.वि. कुरिनटार, मंसिर १ गते राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङ, मंसिर २ गते भीमोडय नमुना मा.वि. पदमपुर र मंसिर ३ गते श्रीपुर मा.वि. फूलबारीमा देखाउने तयारी गरेको छ।

समूहले तयार पारेको नाटकले समकालीन रसायन र विषादीको प्रयोग गरेर गरिने खेती प्रणालीले जनमानसमा पारेको असरलाई उजागर गरेको छ। बढ्दो कृत्रिमताको प्रयोगले माटोदेखि लिएर मानिसलाई समेत कृत्रिम बनाउँदै लगेको सन्देश नाटकमा पाउन सकिन्छ।

घिमिरे युवराजले निर्देशन गरेको नाटकमा पवित्रा खड्का, सुशीला विश्वकर्मा, सुमित भण्डारी, धनराज सुनार, झकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, अनुप तिमल्सिना, प्रेमचन्द पाण्डेय, ज्योति पोखरेल र सम्पदा राईको अभिनय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख