रासायनिक मल कारखाना नेपालमै स्थापना गर्न सकिने रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन गर्न बनेकाे कार्यदलले निश्कर्ष निकालेसँगै नेपालमा रासायनिक मल उत्पादन गर्न तयारी अगाडि बढाउन लागिएकाे छ।

कृषि सचिव राजेन्द्र प्रसाद भारीले संयाेजन गरेकाे कार्यदलले उक्त्त बिषयक अध्ययन प्रतिवेदन कृषि मन्त्रिलाइ बुझाएकाे हाे।

उक्त्त प्रारम्भिक प्रतिबेदनले रासायनिक मल कारखाना खाेल्न सकिने जसका लागि विस्तृत अध्ययन , प्राविधिक तवरबाट कुन विधि उपर्युक्त हुन्छ भनेर प्राबिधिक प्रयाेग सहितकाे अध्ययनकाे आवश्यकताकाे पनि देखाएकाे छ।

प्रतिबेदन बुझ्दै मन्त्रि घनश्याम भुषालले धेरै आन्तरिक स्राेतकाे प्रयाेग गरेर सस्ताेमा मल उत्पादन गर्न सकिने र रासायनिक मलकाे लागि पूर्ण परनिर्भरता हट्ने बताउनुभयाे।

प्रतिक्रिया

सम्बन्धित ख