जेठकाे मध्य तिर धानकाे ब्याड राखी असार महिनाभरिमा राेपाई सकेका बाँकेका कृषकहरूलाई अहिले धान काट्नमा भ्याइ नभ्याइ छ। उचित समयमा मलकाे अभाव, माैसमकाे चुनाैति अनि सलहले आफनाे बाली सखाप पार्छ कि भन्ने त्रासमा रहेका किसानले अहिले भने केहिहदसम्म राहत महसुस गरेका छन। काेराेनाकाे महामारीमा राेगले भन्दा भाेकले मरिन्छकि भन्ने डर अलि कम भएकाे बताउनुहुन्छ बाँकेका कृषक तुलराज महत। आफनाे घर वरिपरि खालि जमिनलाई सदुपयाेग गर्दै, जग्गा धनिकाे सहमतिमा खालि जमिनमा आफूले धान राेपेकाे महतले बताउनु भयाे। उहाँकाे याे कृषि प्रेमी भावना अनि मेहनतलाई देखेर अरू किसानहरूलाई पनि थप हाैसला मिलेकाे हामीले स्थानियबाट थाहा पायाैं।

प्रतिक्रिया

सम्बन्धित खवर