मुला मुख्यतया हिउँदेबाली हो। तर मध्य पहाडको माथिल्लो भाग र उच्च पहाडको तल्लो क्षेत्रमा बर्षैभरी मुला खेती गर्न सकिन्छ। लगातार टिपाइ गर्नका लागि सानो-सानो प्लटमा ३० देखी ४५ दिनको फरकमा बिउ रोप्नुपर्छ। प्राये खेती गरिने मुलाका जातहरु मिनोअर्ली, प्युठाने रातो, चालिस दिने र टोकिनासी हुन्। मुलाका जात अनुसार तिनका खेती हुने क्षेत्र, लगाउने र परीपक्क हुन लाग्ने समय फरक फरक हुन्छ। तल्लो र मध्य पहाडी क्षेत्रमा लगाइने जातका मुलाहरु तुलनात्मक रुपमा मध्य र उच्च पहाडी क्षेत्रमा लगाइने जातका मुलाहरु भन्दा ढिला लगाइन्छन।