मन्त्रिपरिद्काे निर्णयसँगै नेपाल र इजरायल बीच सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ ।

नेपालकाे तर्फबाट हस्ताक्षर गर्न अख्तियारी पाएका इजरायलका लागि नेपाली राजदुत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच बुधबार इजरायलमा नेपालकाे कृषि क्षेत्रमा सहयाेग गर्ने भन्ने बिषयमा हस्ताक्षर भएकाे हाे।

एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्सकाे स्थापनासँगै नेपालकाे कृषि क्षेत्रकाे उत्पादकाेत्व बढ्ने र स्वराेजगारकाे वातावरण बन्ने विश्वास रहेकाे सराेकारवाला बताउँछन्।

इजरायलस्थित नेपाली राजदूतावासका प्रवक्ता अर्जुन घिमिरेका अनुसार दुई मुलुकबीच छलफल गरेर काम अघि बढाइने भन्ने सम्झौता भएको छ । उनले अहिले नेपालको तीन जिल्लाहरु झापा, लम्जुङ र गुल्मीमा यस सम्बन्धमा सर्वेक्षण भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर