पाल्पा राम्पुर नगरपालिका वार्ड नं १० मा पहिरोले धानबाली नष्ट गरेको छ । गतहप्ता लगातार परेको वर्षाले डाँडाँको एक भाग पुरै खसेपछी खेत पुरिएर बाली नष्ट भएको हो ।

पहिरोले लिकेमा रहेको २५ रोपनी धानबाली पुरिँदा १० कृषक परिवार मारमा परेका छन् । मानाे खाएर उब्जाएकाे मुरि पाक्ने बेलामा पहिराेले पुरेपछि भाेलि के खाने भन्ने चिन्ताले सताएकाे छ। घटना लगत्तै स्थानिय प्रहरिको उपस्थितिमा सम्पूर्ण क्षति विवरण स्थानिय निकाएलाई बुझाएको कृषकहरुको भनाई छ । क्षति विवरण बुझाएको यत्राे समय बितिसक्दा पनि स्थानिय सरकारको ठोस् निर्णय नआँउदा कृषकहरु थप मारमा परेका हुन् ।

कृषी कर्म गरेरै जिवनआपन गरिरहेका किसानहरुलाई प्राकृतिक प्रकोपले त सतायाेनै, आफ्ना दु:ख मा साथ दिन भाेट हालेर बनाएकाे गाँउघरकै सिंहदरवारले पनि वास्ता नगर्दा र राहतको निम्ति पहल नदेखाँउदा किसानहरु झन उदास र चिन्तित बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख