
लामाे समयदेखि निमित्त कार्यकारी निर्देशक बाटै काम चलाइरहेकाे नार्कले कार्यकारी निर्देशक पाएकाे छ। आइतबार बसेकाे मन्त्रीपरिषद् बैठककाे निर्णयसँगै नार्कले तिन बर्षदेखि रिक्त रहेकाे पदले पूर्णता पाएकाे हाे।
डा. दिपक भण्डारीले नेपाल कृषि अनुसन्धान परिषद्काे कार्यकारी निर्देशककाे रूपमा नियुक्ति पाएका छन् ।
उमेरहदका कारण यमराज पाण्डेकाे कार्यकाल सकिएपछि लामाे समय नार्ककाे कार्यकारी निर्देशककाे पद रिक्त थियाे ।
कृषि अनुसन्धान परिषद्काे ऐनकाे आधारमा नै खुला प्रतिष्पर्धाकाे माध्यमबाट तीन जनाकाे सिफारिस मन्त्रीपरिषद् सामु परेकाे थियाे ।
सिफारिसमा परेका तीन जना मध्ये नार्कमा नै निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका दीपक भण्डारीलाई सरकारले कार्यकारी निर्देशकमा नियुक्ति गरेकाे छ।