खाद्य व्यवस्था तथा बजार कम्पनीमा आज निकै भिड छ । याे भिड सस्ताेमा प्याज किन्न आउनेहरूकाे भिड हाे। बजार अनुगमनकाे क्रममा जफत भएकाे प्याज खाद्य ब्यवस्था कम्पनीबाट वितरण गरिएकाे हाे ।

बजार अनुगमनमा जफत गरिएकाे प्याज शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि प्याज किन्नेकाे भिड बढेको हो ।

बजारमा प्रतिकिलो १४० रुपैयाँ भएकाे प्याज ६० रूपैयाँमा पाउने भएपछि सस्ताेमा प्याज किन्न निकै टाढादेखि मानिसहरू आएका छन् ।

आधा भन्दा कम मुल्यमा प्याज पाउने भएकाे काेराेना कहरकाे बिचमा पनि मान्छेकाे भिड लागेकाे छ। कम्पनीले १ जनालाइ बढिमा ३ किलाे प्याज बित्री गर्ने गरेकाे छ।

अघिल्लो साता बजार अनुगमनको क्रममा बल्खु तथा कालीमाटी बजारमा लुकाएर राखिएको झण्डै १२ हजार किलो प्याज सरकारले जफत गरेको थियो । सोही प्याज सहुलियत मूल्यमा बिक्री गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख