दशै तिहार र छट मुखमै आइपुग्दा चिनिकाे आयात पनि ह्वात्तै बढेकाे छ। दुई महिनामै ३ अर्बकाे चिनी आयात भएकाे छ । स्वदेशी चिनि उद्योगीहरूले मौज्दात सकिन लागेकाे बताइरहँदा अस्वाभाविक रूपमा चिनी आयात भएकाे हाे ।
याे आर्थिक वर्षकाे दुइ महिनामा ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको चिनी भित्रिएकाे छ।विभाग काे तथ्यांकमा अघिल्लाे आर्थिक वर्षको पहिलो दुई महिनामा ९ करोड रुपैयाँको मात्रै चिनी आयात भएको देखिएकाे हाे।
अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भई नेपालमा अत्यधिक आयात गरेर मौज्दात गरिसकेका केही व्यवसायीलाई उक्त निर्णयले धेरै फाइदा भएको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयले चिनी महँगिएको थियो । चिनी आयातमा लगाएको परिमाणात्मक बन्देज साउनबाट स्वतः खुला भएको थियो । तर सरकारबाट परिपत्र जारी भएन । पुनः बन्देज हुनेमा त्रासमा व्यवसायीले आयात गरेनन् । ‘चिनी आयात निरुत्साहित गर्ने नीतिकै कारण परिपत्र जारी भएन । आयात गर्ने/नगर्नेमै अन्योल भयो,’ एक व्यवसायीले भने, ‘जसले गर्दा पनि धेरै अन्तर देखिएको हो ।’ अहिले भने अत्यधिक आयात भएको हो ।
स्वदेशमा क्रसिङ भएको चिनी करिब डेढ महिनाअघि सकिएको चिनी उद्योग संघको भनाइ छ । बजारमा अत्यधिक चिनी आयात भए पनि खुद्रा मूल्य घटेको छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गरिरहेको छ । अन्य खुद्रा पसलमा भने ७८ देखि ८५ रुपैयाँसम्मा बिक्री भएको छ ।
चिनिकाे माैज्दात सकिन लागेकाे र चाडबाडमा माग अत्याधिक रूपमा बढ्ने भएकाले चिनि अप्रत्यासित रूपमा भित्रिएकाे हुन सक्ने आँकलन गरिएकाे छ ।