कालोबजारी गर्नेबाट बरामद गरिएको प्याज किलोको ६० रुपैयाँमा सरकारले नै बेच्‍ने भएको छ । 

भारतबाट आयात राेकिएकाे बाहाना बनाएर केहि दिन यता प्याजकाे कालाेबजारी सुरू भएकाे थियाे। अनुगमनका क्रममा बल्खु तरकारी बजारबाट बरामद अन्दाजी १२ हजार किलो प्याज सरकारी कम्पनी खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीले सुपथ मूल्यमा बेच्ने तयारी गरेको हाे।

कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट प्याज बेचिनेछ । ग्राहकले बढीमा ३ किलोसम्म किन्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख