BREAKING
जेन-जी पृथ्वीको जिम्मेवारी लिन तयार छ ? | १५७ वटा पालिकाले मात्रै गरे भू–उपयोग क्षेत्र वर्गीकरण | प्रभातफेरीसँगै विश्व खाद्य दिवस,२०२२ को शुभारम्भ | देशभर कृषि र गैरकृषि जग्गा छुट्याउन परिपत्र | मिटरब्याजी पिडित किसानको मुद्धामा समाजवादी कृषि आन्दोलनको ऐकिबद्धता | 'विद्यमान कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसाहरूको प्रयासहरू विषयगत अनुसन्धानको अनुभव आदानप्रधान' कार्यक्रम सम्पन्न | स्थानीय स्रोतको आधारमा जैविक मल बनाउने तरिका | Climate Crisis in Nepal: Nepali Peasants disappointed from the outcomes of COP26 | नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन अमेरीकाकाे एटलान्टा, जर्जियामा सम्पन्न | पर्यावरणीय खेती : नेतृत्वको मुखमा राम राम बगलीमा छुरा |

नेपालमा टर्की चराको व्यावसायिक पालन हुन थालेको धेरै वर्ष भएको छैन। यो चरा उत्तर अमेरिकी क्षेत्रमा खेल खेलाउन प्रयोग गरिने भएतापनि मासुको लागि पनि उत्तिकै प्रचलित छ। मेक्सिको राज्यको रैथाने मानिने टर्की युरोपेली क्षेत्र इटाली, स्पेन हुँदै एशियामा प्रवेश गरेको हो। पालन विधि कुखुराको जस्तो हुने तर तुलनात्मक रूपमामा कुखुरा भन्दा सहज व्यवस्थापन र बढी नाफामूलक आम्दानी आर्जन गर्न सकिने भएकाले टर्की चराको लोकप्रियता दिनानुदिन बढदो क्रममा छ।

विश्वभरि टर्की चराका धेरै प्रजाति पाइन्छन् तर सबै प्रजाति व्यावसायिक उद्यमका लागि उपयुक्त हुँदैनन्। यिनीहरू मध्ये क्याम्ब्रिज, नोर्फु, ब्रोड ब्रिस्टेड ह्वाइट, स्टान्डर्ड ब्रोन्ज, ह्वाइट होलान्ड जस्ता प्रजातिहरुको व्यावसायिक रुपमा पालन हुँदै आएको छ। अन्डा भन्दा बढी स्वादिष्ट मासुका लागि प्रचलित यस टर्की चराको महत्त्व विशेषगरी इसाई धर्मावलम्बीको महान पर्व क्रिशमसमा हुने गर्छ किनभने यो पर्वमा टर्कीको मासुको परिकार खानु अनिवार्य जस्तै हुन्छ। टर्की मानिससँग मिलनसार हुनुका साथै सामाजिक पंक्षी हो। यो चरा ब्रोइलर कुखुराजस्तै छिटो बढ्छ र बजारमा मूल्य पाउनका लागि निकै नै छोटो समयावधिमा तयार हुन्छ। १२ हप्ताको उमेरमा मा ५ किलो तौल हुने यसको तौल २० हप्ताको उमेरमा १५ किलो भइसकेको हुन्छ। यो ठूलो चरा हुने भएकालेे यसलाई वयस्क हुन ३ वर्ष लाग्ने गर्छ। नियमित कुखुराको दाना, हरिया घाँसपात, घरेलु तरकारीका स-साना टुक्रा र प्रशस्त पानी नै टर्कीको मुख्य आहार श्रोत हो। यस चराको व्यावसायिक पालनका निम्ति कुखुराको जस्तै पुर्वाधार बनाउन पनि सकिन्छ अथवा कम श्रोतसाधन भएको खण्डमा ४-६ फिट उचाइको तारको बार लगाई १ कट्ठा जमिनमा ५०-६० ओटा टर्की पाल्न सकिन्छ।

वयस्क पोथीको तौल औसतमा १२ किलो हुन्छ भने भालेको तौल १५ किलो सम्मको हुन्छ। वयस्क पोथीलाई चाँडो अण्डा पार्न प्रेरित गर्न कृत्रिम प्रकाशको व्यवस्था गर्नुपर्छ। प्राय गर्मी मौसममा अण्डा पार्ने भएकाले प्रजनन् समयमा एउटा भालेसँग ५ वटा पोथी राख्नु उपयुक्त हुन्छ। अण्डाबाट चल्ला कोरल्न करिब २८ दिन लाग्छ। एउटा पोथी टर्कीले १ वर्षमा ८०-१२० ओटासम्म अण्डा पार्ने क्षमता राख्दछ जसको सरदर तौल ८५ ग्राम हुन्छ। अण्डा मध्यम आकारको सेतो रङमा खैरो छिर्कामिर्का भएको देखिन्छ। टर्कीको चल्लालाई कुकुराको चल्ला जसरी नै पाल्न सकिन्छ तर टर्कीको नवजात चल्ला १५ दिनको भइनसक्दा सम्म कुखुराको चल्लाको तुलनामा बढी तापक्रम (४०-४५ डि.से) चाहिन्छ। सो समयावधिमा चल्लाको बासस्थानमा हावाको राम्रो वहाब हुनुपर्छ र सोही अनुरुप भेन्टिलेसनको व्यवस्था गरिनुपर्छ। टर्कीको अन्य पोल्ट्री चराभन्दा Feed to Meat Conversion Ratio धेरै हुने भएकोले यसले खाएको आहारको मात्राको तुलनामा यसले दिने मासुको मात्रा बढी हुन्छ जसको कारणले किसानलाई तुलनात्मक नाफा हुने गर्दछ। बजारमा टर्कीले ओगटेको मूल्य पनि निकै नै आकर्षक छ। एउटा अण्डाको मूल्य रु. १५० छ र एक-दिने चल्लाको मूल्य रु. ५०० रहेको छ। टर्की पालकले कोल्ड स्टोरमा वितरण गर्दा प्रतिकेजी रु. ७००-८०० मा बिक्री गर्छन् भने कोल्ड स्टोरबाट आम मानिसले टर्कीको मासु खरिद गर्दा यसको मूल्य प्रतिकेजी रु. १०००-१२०० पर्ने गर्छ।

टर्की चराको विशेषताहरु मध्ये रोग कम लाग्ने, रोगसँग लड्ने क्षमता उच्च रहने भएकाले अहिलेको समयमा यसप्रति कृषकको रुचिमा बृद्दि हुनु स्वाभाविक हो। तर किसानहरुमाझ यस चराबारे उचित ज्ञान तथा पहुँचको अभावले टर्कीको मासुको माग बढी भएतापनि यसको उत्पादनमा खासै बृद्दि हुनसकेको छैन। टर्की व्यवसाय उत्थानका निम्ति सरकारको ध्यानाकर्षण हुनु जरुरी छ। रोगविरुद्दको प्रतिरोधात्मक शक्ति बलियो हुनुका बाबजुत कहिलेकाहीँ कालो टाउको, टाउको सुनिने, कक्सिडायोसिस,रानिखेत, गम्बारो, फाओल पक्स, किर्ना तथा जुम्राले टर्किलाई आक्रान्त पार्न सक्छन् त्यसकारण समयमै यी रोगहरु विरुद्ध खोप दिनु बुद्धिमानी एवम् दिर्घकालिन रूपमा लाभदायक हुन्छ। स्वदेशमै समृद्धिको सपना बुन्ने सम्पूर्ण नेपालीका लागि व्यावसायिक टर्की पालन एउटा गतिलो विकल्प हुने क्षमता राख्दछ।

प्रतिक्रिया

सम्बन्धित ख