BREAKING
नेपालकाे पर्यावरणीय कृषिकाे मार्गचित्र माथि दोश्रो राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न | चितवन महाेत्सवमा पर्यावरणीय कृषिकाे पैरवी | 'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर |

काउली बन्दाको व्याड राख्ने जग्गालाई कम्तीमा ३÷४ पटक सम्म खनजोत गरी राम्रो जग्गा, खुकुलो, मल भएको, पानी नजम्ने, घाम लाग्ने, दोमट खालको माटो छानी व्याडको तयारी गर्नु पर्दछ । व्याडको चौडाई १ मीटर र व्याडको उचाई १५ से.मी. उठेको बनाउनु पर्दछ । लम्बाई भने आफ्नो आवश्यकता अनुसार बनाउन सकिन्छ । दुइटा व्याडको बीचमा ३० –४० सेमी चौडा कुलेसो बनाउनु पर्दछ ।

उपचार भएको बीउलाई तयार पारिएको नर्सरी व्याडमा सानो छेस्काले वा चुच्चो कुट्टोले १० से.मी.को. फरकमा २–३ से.मी गहिरा धर्साहरू कोरी हरेक धर्सामा एकनाससंग बीउ पर्ने गरी खसाल्नु पर्दछ । बीउलाई पातलो गरी खसाल्न ४–५ भाग सुख्खा माटो, बालुवा वा धुलो कम्पोष्ट मल मिसाएर छर्न सकिन्छ । बीउ छरी सके पछि फुको माटोले छोपी हल्का सिंचाई दिनु पर्दछ । मौसम अनुसार तुषारो, चर्को घाम र बर्षाबाट कलिला विरुवाहरूलाई बचाउन प्लाष्टिकको टनेल अथवा परालको छानो बनाउन राम्रो हुन्छ ।

प्लाष्टिकको टनेल प्रयोग गर्दा दिउसो हटाउने र राती छोप्ने काम गर्नु पर्दछ । समय समयमा झारपात हटाउनु पर्दछ । रोग कीरा लागेको छ छैन हेरी रहनु पर्दछ । बेर्नाहरूलाई दोस्रो व्याडमा सारेर बेर्ना जर्खराउने कार्य गर्नु राम्रो हुन्छ । एक रोपनी जग्गाका लागि बेर्ना तयार गर्न २.५ बर्ग मीटर ड्याभ आवश्यकता पर्दछ भने यसरी तयार गरेको बेर्ना २०–२५ दिनमा खेतबारीमा सार्न सकिन्छ । हाल बेर्ना उर्मानको लागि प्लाष्टिक टेनल र कोकोपिट पनि बजारमा उपलब्ध छन् यसको प्रयोगले काम सजिलो हुनका साथै छिटो पनि हुने गर्दछ र राम्रो बेर्ना सजिलै तयार गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख