रातोमा रातो, असारे फुल्यो, गाउँघर पाखामा
घन्किन थाल्यो असारे गित सुरिलो भाकामा !
याद आउन थाल्यो, दबदबे हिलो,धान रोपि हिडेको
भारो र पर्म साथी र संगी आपसमा मिलेको!
हलो र जुवा, कोदालो हातमा,लिएर बाबाले
पटुकी कसि डोकोमा खाजा बोकेर आमाले!
अगाडि बढ्थे, ती हल गोरु, टुनुक्क पेटमा
बोल्दैन मुख तैपनी टक्क रोकिन्थे खेतमा !
असारे महिना,सिम् सिमे पानी, म हिड्थे रमाउदै
दायाँ र बायाँ, बाबा र आमा को हात समाउदै !
सिम- सिमे पानी, आपटारी,खेत मेलामा जादामा
निक्कै न मजा हुन्थ्यो त्यो, क्षण दहि चिउरा खादामा !
फुलबुट्टे लुङी,फुलबुट्टे चोली,माटोले पोतिदा
आनन्द बेग्लै त्यो चर्को घाममा,रुखमा ओतिदा !
डोकोमा बीउ, चिप्लेर लड्दा खेतको आलिमा
खित्का छोडि जिस्क्याउथे साथी रुखको डालिमा !
हलि र बाउसे ,रोपार दिनभर ,हिलोमा सुहाउँथे
गड्गडाइ आउने कुलाको पानी मा बसि नुहाउथे !
कहिले घाम, कहिले पानी ,असारे मेलामा
बगैंचा तिर गाएर आँप टिपिन्थ्यो झोलामा !
भोक लाग्दा, कुलोको छेउमा, सै- साथी जुटेको
टपरि भर खट्टे र अचार आमाले भुटेको !
मेटाउथेउ तिर्खा ,त्यो चिसो पानी,गहिरी कुवाको
त्यो बेल सम्झी ,बढी याद आउँछ, आमा र बुबाको !
सम्झेर ल्याउदा, अतित्का दिन , रसाउछन यी आँखा
सारा सन्सार जा पुगेपनि याद आउँछ बन-पाखा !
– केशवती पाेखरेल