BREAKING
जेन-जी पृथ्वीको जिम्मेवारी लिन तयार छ ? | १५७ वटा पालिकाले मात्रै गरे भू–उपयोग क्षेत्र वर्गीकरण | प्रभातफेरीसँगै विश्व खाद्य दिवस,२०२२ को शुभारम्भ | देशभर कृषि र गैरकृषि जग्गा छुट्याउन परिपत्र | मिटरब्याजी पिडित किसानको मुद्धामा समाजवादी कृषि आन्दोलनको ऐकिबद्धता | 'विद्यमान कृषि नीतिमा पर्यावरणीय कृषि तथा यसमा बजेटको अवस्था र साना किसाहरूको प्रयासहरू विषयगत अनुसन्धानको अनुभव आदानप्रधान' कार्यक्रम सम्पन्न | स्थानीय स्रोतको आधारमा जैविक मल बनाउने तरिका | Climate Crisis in Nepal: Nepali Peasants disappointed from the outcomes of COP26 | नापाको तेस्रो अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलन अमेरीकाकाे एटलान्टा, जर्जियामा सम्पन्न | पर्यावरणीय खेती : नेतृत्वको मुखमा राम राम बगलीमा छुरा |

अदुवा भान्छामा नभइ नहुने मरमसला मध्ये एक हो । अदुवालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यो स्वास्थ्यकालागि निकै फाइदाजनक भएपनि बालबालिकालाई उतिसारो मन पर्देन । यसर्थ बालबालिकालाई लक्षित गरी अदुवाको क्याण्डी बनाउन सकिन्छ । जुन उनीहरुले रुचाउँछन् । यसलाई मिठाईको रुपमा मात्र नभएर पाचन चक्कीका रुपमा खान सकिन्छ ।अदुवाको क्याण्डी बनाउन ध्यान दिनुपर्ने कुराः

– रेशा कम भएका नरम अदुवाको छनौट गर्ने ।

– राम्रोसँग नसुकाईएको क्याण्डीमा छिटै नै ढुसी लाग्ने र बिग्रने हुनाले क्याण्डी प्याकिङ्गगर्दा राम्रोसँग सुकाएर मात्र गर्नु पर्दछ ।

बनाउने तरिका

– अदुवालाई धोएर बोक्रा हटाउने ।

– बोक्रा हटाई अदुवालाई काँटाको सहायताले चारैतिर प्वालपार्ने ।

– क्याण्डी कस्तो आकारमा बनाउने हो त्यस्तै गरेर अदुवाको एकनासको टुक्रा काट्ने ।

– अदुवाको टुक्राहरुलाई नुनपानीमा एक रात डुबाउने ।

– उक्त टुक्रालाई भोलिपल्ट सफा पानीले नुनिलो नहराउञ्जेल पखाल्ने ।

– प्रेसर कुकरमा टुक्रालाई पकाउने ।

– पाकेपछि अदुवाको टुक्रा डुब्ने बराबरको पानीमा २५ प्रतिशत चिनी र ०.५ प्रतिशत साईट्रीक एसिड लिई १० मिनेटसम्म पकाएर २४ घण्टासम्म चास्नीमा डुवाएर छाड्ने । यसो गर्दा टुक्रामा भएको पानी निस्कन्छ र विस्तारै गुलियोपना अदुवाका टुक्रा भित्र पस्दछ । यसलाई एकदिन त्यतिकै राख्ने ।

– भोलिपल्ट अदुवाको टुक्रालाई अलग गरी चास्नीमा २५ प्रतिशत चिनी हालेर १० मिनेट तताउने ।

– चिनी पग्लि सकेपछि चास्नीलाई कपडाले छानेर टुक्रालाई २४ घण्टा चास्नीमा डुबाई छोड्ने ।

– अर्काे दिन अदुवाको टुक्रालाई १० मिनेट तताउने र टुक्रा निकाली चास्नी तर्काएर हावामा सुकाउने र सुख्खा बनाउने र क्याण्डी तयार हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख