BREAKING
न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार | कृषि वनस्पतिशास्त्र विषयको स्नातकोत्तर पाठ्यक्रम परिवर्तनको लागि आधारभुत छलफल सम्पन्न | दिगाे र पर्यावरणीय मैत्रि खेतीपाती राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न |

कृषि मन्त्री घनश्याम भुसालले रसायनिक मल अभावको मुख्य कारण ठेकदारहरुको बदमासी नै भएको बताएका छन् । मन्त्री भुसालले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुको प्रश्नको जवाफ दिंदै यसाे भनेका हुन ।

सरकारकाे तर्फबाट साउन अन्तिम मै मल ल्याएर किसानलाइ वितरण गर्ने याेजना मुताबिक काम अघि बढेपनि ठेकदारबाट धाेका पाइएकाे मन्त्रि भुषालले बताए।

बिगतमा ढिलाे टेन्डर प्रकृया सुरू हुन्थ्याे र मल अभाब हुन्थ्याे अहिले समयमै टेन्डरकाे प्रकृया पुरा भै सकेकाे थियाे , काेभिड लाइ बहाना गरेर बदमासी गरियाे कृषि मन्त्रिले ठेकदारलाइ अंकित गर्दै भने ।

साल्ट ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहँदा ठेकदारले कोरोनाका कारण समस्या भएको भन्नु अनुचित तर्क भएको उनको भनाइ थियो ।

कृषि सामग्री कम्पनीले दुई सप्लायर्सलाई सम्झाैता समय भित्र मल नल्याएकाे कारण कारबाही गरेको थियो । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न यसै साता सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख