

मिति २०८१ पुष २५ देखि माघ १० गतेसम्म सञ्चालन भएकाे चितवन महाेत्सवमा खाद्यका लागि कृषि अभियान र जिल्ला प्राङ्गारिक संघ चितवनले पर्यावरणीय कृषिकाे पैरवी गरेका छन् । १५ दिनसम्म पर्यावरणीय कृषि प्रदर्शनी र कृषि गाेष्ठीमा रसायन विषादी मुक्त खेतीकाे चर्चा गरि पर्यावरणीय कृषिकाे पैरवी गरिएकाे हाे ।
महाेत्सवमा पर्यावरणीय कृषि प्रविधि, रैथाने बाली र बीउकाे प्रदर्शनी गरिएकाे थियाे । २०८१ माघ ७ गते भएकाे कृषि गाेष्ठीमा खाद्यका लागि कृषि अभियानका अभियान्ता डा. कृष्ण प्रसाद पाैडैल र जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष तथा प्राङ्गारिक अगुवा कृषक चन्द्र प्रसाद अधिकारीले आफ्नाे प्रस्तुती राख्नु भएकाे थियाे ।

पन्ध्र दिनसम्म चलेकाे महाेत्सवमा हजाराैँले पर्यावरणीय कृषिकाे प्रदर्शनी अवलाेकन गरेका थिए ।