BREAKING
'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार |

कर्णाली भूमी व्यवस्था,कृषि तथा सहकारी  मन्त्रालय र लिवर्ड काे संयुक्त आयाेजनामा ‘परागसेचक परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला गाेष्ठि’ मिति २०८१ कार्तिक १३ गते काठमान्डाैमा सम्पन्न भएकाे छ । 

विभिन्न तीन सत्रहरुमा सन्चालन भएकाे कार्यक्रमकाे उद्घाटन सत्रकाे अध्यक्षता कर्णाली भूमी व्यवस्था,कृषि तथा सहकारी  मन्त्रालयका सचिव टिकाराम थापाले गर्नु भएकाे थियाे प्रमुख अतिथि कृषि तथा पशुपन्छि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्र र विशिष्ट अतिथि रुपमा कर्णाली प्रदेश याेजना आयाेगका सदस्य डम्बर बहादुर रावल हुनुहुन्थ्यो ।

कार्यक्रमकाे औपचारीक सुरुवात गर्दै लिवर्डका कार्यकारी निर्देशक भरत भण्डारीले कार्यक्रममा उपश्थित सम्पूर्णलाई स्वागत गर्नुभयाे । स्वागत मन्तव्यकाे क्रममा भण्डारिले मानव जिवनमा परागसेचककाे महत्वमाथि चर्चा गर्नुभयाे । परागसेचकहरुकाे संरक्षण गर्नकाे लागि बनाईएका अन्तर्राष्ट्रिय सम्झाैता सम्झँदै उहाँले यस कार्यशालाकाे मुख्य उद्देश्य परागसेचक र परागसेचनकाे महत्व उजागर गर्नु रहेकाे बताउनु भयाे । 

कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले कर्णाली प्रदेश हरेक क्षेत्रका नीति निर्माण गर्न अग्रणी रहेकाे भन्दै धन्यवाद व्यक्त गर्नुभयाे । नेपाल सरकारले नयाँ आर्थिक बर्षकाे याेजना निर्माण गर्न गहिरहेकाेले याे परागसेचक बचाउन केही सुरुवात गर्नकाे लागि सहि समय रहेकाे बताउनु भयाे । वनकाे संरक्षणकाे मात्रै अवधारणाले परागसेचककाे वासस्थान नबढाउने भएकाले , उचित प्रयाेग सहितकाे संरक्षणकाे लागि अवधारणा विकास गर्नेुपर्नेमा उहाँकाे जाेड थियाे । कृषि क्षेत्रमा बढिरहेकाे आधुनिकतासँगै परागसेचककाे वासस्थानकाे लागि पनि क्षेत्र छुट्याउन आवश्यक रहेकाे बताउँदै उहाँले कर्णाली प्रदेशले परागसेचक संरक्षणकाे रणनीति कार्यन्वयन गरेर उदाहरण निर्माण गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गर्नु भयाे । 

कर्णाली प्रदेश भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले कर्णाली सरकारले बनाएकाे ‘कर्णाली परागसेचक रणनीति’ विषयमा आफ्नाे प्रस्तुति राख्नु भएकाे थियाे । प्रस्तुतिकाे क्रममा कठायतले कर्णाली प्रदेशलाई पूर्ण प्राङ्गारिक बनाउने तयारि सुरु भैसकेकाे बताउँदै परासेचक संरक्षणकाे लागि ‘परागसेचककाे व्यवस्थापन, अनुसन्धान तथा तथ्य प्रमाणीकरण’, ‘परागसेचक सचेतना र व्यवस्थापन क्षमतामा अभिबृद्दि’, ‘परागसेचक मैत्री बासस्थान र अभ्यासहरुकाे संरक्षण तथा सुधार’, ‘पर्यावरणीय कृषि र परागसेचक मैत्री प्रकृतीमा आधारित समाधानकाे प्रवर्धन’ र ‘दिगाे माैरीपालनका अभ्यासहरुकाे प्रवर्धन’ नै मुख्य रणनीतिहरु भएकाे बताउनु भयाे । 

कार्यक्रमकाे उद्घाटन सत्रकाे समापनकाे क्रममा नेपाल कृषि अनुसन्धान परिषद् नार्कका कार्यकारी निर्देशक ध्वजराज खनालले जलवायु तथा भाैगाेलिक अनुकुलता अनुरुप फुल फुल्ने रुखहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेकाे बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक रिसिराम कट्टेलले आवधिक याेजना सहित परागसेचक संरक्षणमा लाग्न पर्ने र प्राङ्गारिक उत्पादनलाई प्रमाणिकरण गरेर रसायन र विषादीलाई निरुत्साहित गर्नुपर्ने बताउनु भयाे । 

कार्यक्रममा बाेल्दै कर्णाली प्रदेश याेजना आयाेग सदस्य डम्बर बहादुर रावलले पर्यावरण र माैरि एकअर्काका सारथि भएकाे बताउँदै यस क्षेत्रमा अनुसन्धान बढाउन आवश्यक रहेकाे बताउनु भयाे ।

उद्घाटन सत्रकाे समापन गर्दै भूमी व्यवस्था,कृषि तथा सहकारी  मन्त्रालय कर्णालीका सचिव टीका थापाले उद्घाटन सत्रमा सल्लाह सुझाव दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै ‘कर्णाली परागसेचक रणनीति’ कर्णालिकाे मात्रै नभई राष्ट्रिय रणनीतिकाे रुपमा विकसित गर्ने गरि सल्लाह सुझाब दिन आग्रह गर्नु भयाे ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सह सचिव डा. हरि बहादुर केसीले अध्यक्षता गर्नु भएकाे परागसेचक संरक्षण र परागसेचन रणनीतिकाे विकास तथा विस्तारमा सामुहिक कार्यकाे राष्ट्रिय साझेदारी तथा छलफल सत्रमा व्रिस्टाेल विश्वविद्यालबाट टाेम टिम्बरलेकले ‘परागसेचककाे नेपालकाे खाद्य र पाेषण सुरक्षामा परागसेचककाे महत्व’ , सुजन सापकोटाले ‘परागसेचक व्यवस्थापन कार्यक्रमकाे मुख्य झलकहरु’ र कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट केदार देवकाेटाले ‘परागसेचककाे प्रचुरता र परागसेचनकाे कमि’ विषयमा आफ्नाे प्रस्तुति पेश गर्नु भएकाे थियाे । 

कार्यक्रमकाे तेस्राे सत्रकाे रूपमा प्यानल छलफल रहेकाे थियाे । खाद्यका लागि कृषि अभियानका संयाेजक उद्वव अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे प्यानल छलफलकाे सहजीकरण भरत भण्डारिले गर्नु भएकाे थियाे । प्यानलिष्टकाे रुपमा व्यवसायीक कीट विकास केन्द्रकि प्रमुख सावित्री भण्डारिले ‘परागसेचक संरक्षण र परागसेचन प्रोत्साहनका राष्ट्रिय नीति तथा कार्यक्रमहरु’ भन्ने विषयमा आफ्नाे प्रस्तुती राख्नु भएकाे थियाे । 

याे सँगै प्यानल छलफलमा प्यानलिष्टकाे रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक रिसिराम कट्टेल, वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रिराज ढुंगाना, राष्ट्रिय कृषि अनुसन्धान परिषद् बाट वालकृष्ण जाेशि, राष्ट्रिय वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी र नेपाल माैरिपालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरे हुनुहुन्थ्यो ।

कार्यशालाकाे समापनमा बाेल्दै खाद्यका लागि कृषि अभियानका संयाेजक उद्वव अधिकारीले लामाे समयदेखि साना किसानहरुले माैरि, परागसेचक र पर्यावरणकाे संरक्षण गर्दै आईरहेकाेमा खेति प्रणालीमा व्यापार घुसाएर परागसेचककाे संकटतिर गैरहेकाे बताउनु भयाे र कार्यक्रमकाे समापन गर्नुभयाे ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका कर्मचारी , भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कर्णालीका कर्मचारि, विभिन्न विश्वविद्यालयका प्राध्यापक, परागसेचनकाे क्षेत्रमा अनुसन्धान गरिरहनु भएका अनुसन्धानकर्ता, किसान, विध्यार्थि, पत्रकार र अभियान्ताहरुकाे उपश्थिति रहेकाे कार्यशालामा डिजिटल परागसेचन पुस्तकालयकाे अनावरण गरिएकाे थियाे । विहान ८ बजे देखि सुरु भएर ८ घण्टासम्म चलेकाे कार्यक्रमकाे सहजिकरण लिवर्डबाट करिश्मा गुरुङले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित ख