वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले होलसेलमा तरकारीको मूल्य ठीकै रहे पनि खुद्रामा अत्यधिक बढाउने गरेको निष्कर्ष निकालेको छ । तीनकुने, जडीबुटी, भक्तपुरको चारदोबाटोलगायत क्षेत्रमा तरकारीको होलसेल पसल निरीक्षणपछि विभागको अनुगमन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

चार टोलीले चार स्थानका १४ पसलमा अनुगमन गरेको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर