यहि मिती २०७८ असार १२ गते शनिबारको दिन लमजुङ क्याम्पस छैटौ सत्रान्तमा अध्ययनरत विद्यार्थीको आयोजना र आर.डि. टेक. लमजुङ र उब्जनीको सहकार्यमा एक दिने समकालिन कृषि प्रसार सुधार रणनिती” बिषयक भर्चुअल बहस हुने भएको हो।

डिजिटल माध्यम “माइक्रोसफ्ट टिममा शनिबार दिउसो ११ बजे देखि २ बजे सम्म बहस सन्चालन गरिने भएको हो। बहसको प्रमुख अतिथी कृषि विकास रणनिती विज्ञ मिन बुढाथोकी रहनुहुनेछ। कार्यक्रममा अतिथीको रुपमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका उप प्राध्यापक महेश जैशी , मिलन सुवेदी र कृषि तथा बन विश्वविद्यालयका उप प्राध्यापक रामहरि तिमल्सिना रहनुहुने छ।

कार्यक्रममा समकालिन कृषि प्रसार रणनिती, अन्तराष्ट्रिय अभ्यास र नेपालको सन्दर्भमा रणनितीहरुको महत्वमा सघन छलफल गरिनेछ। कार्यक्रममा तल दिइएको लिङ्कबाट जोडिन सकिनेछ।

https://cutt.ly/Cafe_Conversation

प्रतिक्रिया

सम्बन्धित खवर