लोकसेवा आयोग प्रदेश नं २ ले नवाैं तहकाे कृषि अधिकृत ६ जना सहित २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको छ । बिहीबार एक सूचना जारी मार्फत आयोगले असार १६ गतेसम्मको समयसीमा तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो ।

कृषि तर्फ प्रसार , बागवानी, मत्स्य, एग्रि ईकाे एन्ड मार्केटिङ, लाईभस्टक पोल्ट्रि एन्ड डेरि डेभलपमेन्ट र बालि विज्ञानमा १/१ जना गरेर ६ जनाकाे आबेदन माग गरेकाे हाे ।

आबेदनकाे लागि न्युनतम शेक्षिक याेग्यता सम्बन्धित बिषयमा स्नातकोत्तर गरेकाे हुन पर्ने सुचनामा बताईएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर