सन् १९८१ मा बारामा जन्मिएकी ज्वाला साह संघिय सरकारको कृषि मन्त्री बन्ने पक्कापक्की भएको छ।
ज्वालाको परिवार सानैदेखी राजनितिमा सक्रिय थिए। सानैदेखि विद्रोही स्वभाव भएको बताउने साह माओबादीले गरेको ससस्त्र जनआन्दोलनमा भुमिगत भएकी थिईन। आफ्नो परिवारसँधै न्यायको लागि आवाज उठाउने बताउने साहमा दाइ मारिएपछी झनै विद्रोही स्वाभाव विकशित भएको विभिन्न अर्न्तवार्तामा बताउँदै आएकी छिन् ।
ज्वाला प्रदेश नं २ कि प्रदेश सभा सदस्य थिइन्। उनी बारा क्षेत्र नम्बर ३(क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। २१ फाल्गुणमा सर्बोच्चको फैसलापछी माओवादी छाडेर केपि वलीलाइ समर्थन गरेकाले उनीलाइ पार्टिले कार्बाही गरेको थियो। माओवादी केन्द्रको कार्वाहिपछी उनी प्रदेश सभा सदस्यबाट पदमुक्त भएकी थिइन।
यसअघि भूमिसुधार राज्यमन्त्री भै सकेकी साह एमाले नेता प्रभु शाह निकट मानिन्छिन।