खाद्यका लागी कृषि अभियानको आयोजनामा समृद्ध कर्णाली अभियान, कृषि पत्रिका र उब्जनीको सहकार्यमा खाना, खेतिपाती र युवा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भर्चुअल माध्यमबाट जुममा सम्पन्न भएको हो। कार्यक्रमा सातै वटा प्रदेशबाट एक एक जना कृषि विध्यार्थीले बिविध कृषिका आयाममा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको संयोजन खाद्यका लागी कृषि कार्यक्रमका संयोजक उद्धव अधिकारीले गर्नुभएको थियो भने सञ्चालन उब्जनी मिडियाका दिपेश नेपालले गर्नुभएको थियो।


कार्यक्रममा बोल्दै खाद्यका लागी कृषि अभियानको पुर्व संयोजक कृष्ण प्रसाद पाैडेलले खानको लागि मात्रै खेती नगरिकन, जिवनलाई पूर्णता दिन गरिने बताउनु भयो। कृषि शिक्षा र प्रविधिबारे बोल्दै प्रदेश नं १ बाट योगन्द्र कट्वालले कृषि पाठ्क्रमको सुधारको लागी समन्वय गरेर अभ्यास सहितको शिक्षामा जोड दिन पर्ने बताउनुभयो। युवाको नजरमा कृषि नितिमा बोल्दै प्रदेश नं २ बाट मनिष कुमार पलले कृषिमा बजेटको वृद्धि सहितको परिवर्तनको आवश्यकतामा जोड दिनुभयो। नेपालको कुषिमा महिला बिषयमा बाग्मती प्रदेशबाट प्रगती दाहालले मुखले महिला उत्थानका कुरा गरेता पनि कार्यन्वयन नभएको र कृषि क्षेत्रबाट समृद्धि हासिल गर्ने हो भने महिलाको अवस्था परिवर्तन गर्ने आवश्यक रहेको बताउनु भयो। गण्डकी प्रदेशबाट दिगो कृषि र रैथाने खेती माथि बोल्दै कुशल पौडेलले हामिसँग भएको मौलिख खाद्य संकृतिको संरक्षणको आवश्यकता रहेको बताउनु भयो। कृषि माथिको राजनिती विषयमा बोल्दै लुम्बिनी प्रदेशबाट बामदेव रेग्मीले हामि सबै आफ्नो ठाँउमा नेता भएकाले आफुले नेतृत्व गरेर कृषि क्षेत्रलाई अगाडी लानु पर्ने बताउनु भयो। कृषि शिक्षा र उद्यमशिलताको बारेमा बोल्दै कर्णाली प्रदेशबाट ईन्द्रजीत सुनारले सबैक्षेत्रमा राज्यको उपश्थिति महसुस नभएता पनि आफै लागी परेर गर्यो भने, कृषि क्षेत्रको बजारमा सुधार आउन सक्ने बताउनु भयो। सुदुरपश्चिम प्रदेशबाट बाँझो बारी र युवा पलायन अहिलेको ठुलो समस्या भएको महेन्द्र धामीले बताउनु भयो। कार्यक्रमको समिक्षा गर्दै संयोजक अधिकारी ले नेपालको कृषि एकातिर र सरकारी कार्यक्रम अर्काेतिर भएको कुरा बताउनु भएको थियो।


दिउँसो १ बजे सुरु भएको कार्यक्रम २ घण्टा ३० मिनेट चलेको थियो भने कार्यक्रमा सहभागिता १०० भन्दा बढि थियो। कार्यक्रम समृद्ध कर्णाली अभियान, खाद्य तथा कृषि अभियान र उब्जनीको फेसबुक पेजबाट लाइभ प्रशारण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख