केहि समययता भारतिय डिजिटल पत्रिकामा सलहका समचार पुनः देखिन थाल्यो। भारतबाट प्रकाशित हुने प्रत्रिकाहरुले सावधानीका उपायहरु अपनाउन अलर्ट गरिरहेका छन्। नेपालमा भने सलह आउन सक्ने सम्भाबना कम भएको भन्दै आवश्यक तयारीतिर सम्बन्धित निकायको ध्यान पुगेको छैन।
खाद्य तथा कृषि संगठनले यस अघि नै सलह अफ्रिकन देशहरुमा फैलिएको , ईरान र ईराक हुदै दक्षिणी एसियामा प्रवेश गर्ने संभावना रहेको बताएको थियो। नेपालमा भने अघिल्लो बर्षको झै आउने नआउने अड्कलबाजी मै समय वितिरहेको छ।
४० भन्दा बढि जिल्लामा फौजी किरा फैलिएर विनास गरिरहेको अवश्थामा सलहपनि नेपालमा प्रवेश गरे, उत्पादन घट्ने र खाद्य संकट निम्तिने खतरा छ। अघिल्लो बर्ष प्रतिकुल मौसम र हावाको बहाबले किसानलाइ सहयोग गरेको थियो । ठुलो संख्यामा सलह हिमाली भेगमा भेटिएका थिए। चिसो हावाको वहाबले धेरैमात्रामा हिमाली क्षेत्रमा मरेका थिए।