एयरलाइन्समा उपयोगहुने दुध तथा दुधजन्य पदार्थ खरिदमा लाखौ रुपैया बाहिर जाने क्रम रोकिने भएको छ । नेपाली एयरलाइन्सहरुले अबबाट स्वदेसी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गर्ने भएका छन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले नेपाल वायुसेवा निगमका महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँग भेटर सो विषयमा छलफल गर्नु भएको थियो। नेपाल दुग्ध विकास संस्थान ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाली किसानको स्तरउन्नती चाहने हो भने बढी भन्दा बढी स्वदेशी उत्पादनकोे प्रयोग गर्न आवश्यक रहेको जानकारी दिनुभयो।

नेपालमा हाल सम्म ४२ आन्तरीक र एक अन्तराष्टिय विमानस्थल निमार्ण गरिएको छ। दैनिक हजारौ संख्यामा मानिसहरु हवाइजहाँजबाटै ओहोर दोहोर गर्ने गर्छन, यो अवस्थामा नेपाली एयरलाइन्सले मात्रै नेपाली उत्पादन प्रयोग गरिदिदा, एक नेपाली उत्पादनको प्रोत्साहन हुने र दोस्रो नेपाली किसानको अवस्थामा पनि परिवर्तन आउने जानकारी दुग्ध विकास संस्थानका अध्यक्ष बाबुराम पाण्डेले दिए।

प्रतिक्रिया

सम्बन्धित खवर