
भारतीय उत्पादित आलु माथिल्ला पहाडी जिल्ला मात्र नभई हिमाली भेग्सम्म पनि पुग्न थालेका छन्। ताप्लेजुङ् स्थित ओलाङचुङगोला आलु उत्पादनका लागी निकै पर्ख्यात मानिन्छ। तर अहिले आफैं बाहिरबाट आयात गर्नुपर्ने अवस्थामा आईपुगेको छ। हिमालि बस्ती नजिकका खेतिमा जौ, गँहु र आलु मात्रै उत्पादन हुँदै आएका थिए। ओलाङचुङगोलामा उत्पादित आलुले हिमली मात्रै नभई तल्लो बस्तीसम्म पनि माग धान्दै आएको थियोे। तर यसपटक आफ्नो उत्पादनले अर्कोपटकलाई बीउ मात्रै पुग्ने अवस्था आएपछी भारतिय उत्पादन आयात गर्न बाध्य भएको स्थानीय बताउँछन्। पुरानो जातको बिउ, माटोको उर्वरशक्ति घट्दै गएको र हावापानी परिवर्तन भएको कारण उत्पादनमा ह्राश आएको स्थानीयको बुझाई छ। स्थानीय तह देखि जिल्ला कृषि कार्यालयसम्म सबै यस् समस्याप्रती जानकार हुँदाहुँदैपनि उनिहरुले यस्को समाधानको निम्ति कुनै चासो नदेखाएको स्थानीय बताउँछन्। सम्बन्धित निकायको वेवास्ता र स्रोत्साधानको अभावले गर्दा किसानहरुले परम्परागत खेतिलाईनै निरन्तरता दिनुपरेको देखिन्छ। किसानहरुको त्यो जोसलाई हौसला प्रदान गर्दै आधुनिक खेतितर्फ उन्मुख हुने हो भने ओलाङचुङगोला आलु उत्पादनमा आत्मनिर्भर मात्र नभई प्रशस्त मात्रामा निर्यात गर्नसक्ने अवस्थामा देखिन सक्छ।