नेपालका अधिकांस जिल्लामा फौजि किराको प्रकोप फैलिएको छ। ४० भन्दा बढि जिल्लामा फौजी फैलिसकेको र यसले सात करोड भन्दाबढिको क्षति पुर्याएकाे कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।


पुर्वको पहाड देखि तराइका जिल्लाहरुमा पनि यसको प्रकोप बढि रहेको मन्त्रालयले जनायो। मकै , केरा, गहुँ, धान लगाएतका बालिमा असर गर्ने यसले गत बर्षपनि मकैमा ठुलो क्षति पुर्याएकाे थियो। फौजी किराले हुर्किदै गरेका बालि सखाप पारेपछि किसान मर्कामा परेका छन्।


फौजी कीराबाट विविध बाली बचाउन विभिन्न स्थानिय सरकारले स्थानियतहमा पहल गरेको देखिन्छ। फौजी कीरा नियन्त्रणको लागी औषधी छर्न कृषि केन्द्रहरुलाइ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले निर्देशन गरिसकेको बताए। चाँडै फौजी किरा फैलिएका क्षेत्रमा विशेष शिविर संन्चालन गर्ने योजना बनेको केन्द्रले बतायो।

प्रतिक्रिया

सम्बन्धित खवर