
औँसा झिंगा पुर्ण रुपान्तरण हुने कीरा समुहमा पर्दछ। पोथी झिंगाको शरिरको पछिल्लो भागमा रेडियोको एन्टेना जस्ता तन्काउन र खुम्चाउन मिल्ने फूल पार्ने अंग हुन्छ। यस्को तिखो टुप्पोले बालीका डाँठ, फुल र फल छेडेर आफ्नो फूल पार्दछ। कतिपय बालीमा यस्तो फुल पारिएको घाउमा बिरुवाको रस निस्केर जमेको देख्न सकिन्छ। माउ झिंगाहरू गुलियो चिनी खाएर बाँच्न सक्ने भएपनि प्रोटिनयुत्त खाना नखाएसम्म सन्तान उत्पादन गर्न सक्दैनन्। यिनीहरु खानाको खोजीमा कुहिदै गरेको फल, विरुवाको फुल, चराको विष्टा जस्ता खानेकुरा खोज्दै हिँड्छन्। चर्को घाम मन नपर्ने भएकाले बोट बिरुवाका छाहारीमा, पातको तल्लो सतहमा आराम गरेर बसेको भेटिन्छ। जीवन चक्र पुरा गर्न लाग्ने समय हावापानीमा भर पर्दछ, गर्मी समयमा छिट्टै यो चक्र पुरा गर्दछन् भने चिसोमा लामो समय पनि लाग्दछ।#ubjani#insects#lifecycle#larvae#adult#suck#pest#damage#vegetables#fruits#agriculture#farmer#agriculturist