पृष्ठभूमि र परिचय
कृषि नेपालको दुई तिहाई जनसंख्याको प्रमुख व्यवसाय हो । कृषिप्रधान देशको रूपमा, कुल ग्राहस्थ उत्पादनको २६.५ प्रतिशत कृषि क्षेत्रले योगदान गरेको छ (कृषि डायरी, २०७७)। कृषिमा जोखिमपूर्ण गतिविधिहरू समावेश हुन्छन, किनकि उत्पादन अनिश्चितताहरूसँग सम्बन्धित छ । मुख्यतया मौसम र प्राकृतिक विपत्तिहरू जस्तै बाढी, पहिरो, भूकम्प, अनियमित वर्षा र अन्य रोगहरू, कीट आदि जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित छन् । मौसमी परिवर्तन बाट कृषि उत्पादनमा प्रतिकूल प्रभाव पर्दछ । जलवायु परिवर्तनका कारण यी जोखिमहरू भविष्यमा बढ्ने सम्भावना छ, परिणामस्वरूप तापक्रममा क्रमिक वृद्धि, पानी पर्ने मात्रा र समयमा ठूलो परिवर्तन, समुद्री सतह र आवृत्तिमा वृद्धि देखिरहेको छ। नेपाल प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको चपेटामा छ, जसले कृषि उत्पादनलाई धेरै नै जोखिमपूर्ण बनाएको छ।


कृषि बीमा कृषकहरुको जोखिम न्यूनीकरणको धेरै राम्रो तरीका हो । यसले उत्पादन र उत्पादकत्व बृद्धि गर्न योगदान पुर्याउँछ । मौसम सूचकांकमा आधारित बीमा [weather index based insurance (WII)] साना किसानहरू र मौसम जोखिमबाट प्रभावित अन्य ग्रामीण बासिन्दाहरूको लागि बीमा सम्झौताको नयाँ प्रकार हो । यो प्रकारको बीमा एक महत्त्वपूर्ण विकल्प हो । जुन धेरै देशहरू द्वारा अपनाईएको छ जहाँ क्षतिपूर्ति बालीको क्षतिको आधारमा नभई मौसम सूचकांकमा आधारित छ । यस प्रकारको बीमामा क्षतिपूर्ति वास्तविक घाटा भन्दा मौसम सूचकहरु र प्यारामिटरको आधारमा निर्धारण गरिन्छ । मौसम सूचकांकलाई बालीनाली उपजको साथ सहकार्य गर्न सकिन्छ । वर्षा, तापमान, हिमपात, सापेक्षिक आर्द्रता(आर.एच) , दिन लम्बाइ इत्यादि मौसम सूचकांक अन्तर्गत पर्दछ । यसले किसानलाई मौसमको जोखिम बिरूद्ध बाली बीमा गर्न सहयोग गर्दछ ।नेपालमा कुल २० गैर जीवन बीमा कम्पनी छन् । यी कम्पनीहरूले जिल्लाको क्लस्टर बनाएर बाली र पशुपालनलाई बीमा प्रदान गर्दैछन् । यी बीमा कम्पनीको बावजुद देशका धेरैजसो भागमा बाली र पशुपालन बीमाको दर कम छ ।


२० गैर जीवन बीमा कम्पनी मध्ये, केवल एक शिखर बीमा कम्पनी जुम्ला जिल्लाको स्याउ उत्पादनमा मौसम सूचकांक आधारित बीमा कार्यक्रममा कार्यरत छ । जुम्लाका स्याउ उत्पादक किसानहरूले यस किसिमको बीमा नीति सक्षम वित्तिय पहुँच कार्यक्रम र शिखर बीमा कम्पनी बीचको साझेदारीमा सन् २०१६ मे महिनामा उत्पादनलाई प्रतिकूल मौसमी अवस्थाबाट जोगाउन सकिन्छ भन्ने अभिप्रायका साथ सुरुवात गरे । सुरुवात गर्न भन्दा अघिल्लो वर्ष अनियमित वर्षाले जुम्लाका स्याउमा नकरात्मक प्रभाव पारेको थियो । नयाँ बीमा नीतिसँग, एकपटक स्थानीय मौसम स्टेशनले बीमा गरिएको समय अवधिमा ६० मि.मि. भन्दा कम वर्षा देखाउँदै तथ्यांक प्रदान गर्दछ भने, स्वचालित रूपमा दावी हुनेछ। खडेरीको लागि प्रीमियम सरकारी अनुदान पछि २५ कायम गरिएको छ। शिखर बीमाले असिनाको लागि पनि बीमा नीति जोडेको छ। यो अतिरिक्त उत्पादनको लागि किसानहरूले लागतको थप ०.२५५ तिर्नु पर्ने मापदण्ड कायम छ ।
सक्षम वित्तिय पहुँच कार्यक्रम र शिखर बीमा कम्पनी लिमिटेडले सन् २०१८ अप्रिल बाट ध्क्ष्क्ष् जोमसोम, मुस्तांग जिल्लामा सुरु गरेको छ। किसानहरूले यदि अप्रिल र मे बीचको वर्षा ४० मिमी वा सो भन्दा कम छ भने स्वचालित दावी भुक्तानी प्राप्त गर्नेछन् । सरकारी अनुदान घटाए पछि किसानले मौसम सूचकांकको २५ प्रीमियम र असिनाको लागि ०.२५५ तिर्नु पर्छ। शाखा खोल्ने क्रममा मुस्तांगमा ६०० वटा स्याउका रूखहरूको बीमा भइसकेको घोषणा गरिएको थियो। जुम्ला र मुस्ताङ बाहेक शिखरले मुगु, कालिकोट र डोल्पामा तीन अन्य सक्षम समर्थित शाखाहरू खोलिसकेका छ जस अन्तर्गत ने रु ८ करोड नब्बे लाख (सम्पूर्ण नेपाल) बराबरको ४१,३९७ भन्दा बढी स्याउ रूखहरूको WII विस्तार गर्ने उद्देश्य छ ।


नेपालमा WII को सम्भावना र अवसर
नेपालमा मौसम सूचकांकमा आधारित बीमा (WII) विस्तार गर्ने केही सम्भाव्य तत्वहरू छन्। अध्ययन र निष्कर्षहरूले WII को लागि अनुकूल वातावरण सुझाव दिएका छन् । नेपालमा WII का लागि केही समर्थन गर्ने मुख्य बुँदाहरू हुन्,

१. ३७ लाख भन्दा बढी घरपरिवार कुनै न कुनै किसिमको खेतीमा संलग्न छन् र धेरै जना पशुपालनमा संलग्न छन् (घिमिरे र कुमार, २०१४)।

२. केन्द्रीय तथ्यांक व्युरो को अध्ययन रिपोर्टले वार्षिक तापमान ०.०६ डिग्री सेल्सियसले बढेको र औसत वर्षा प्रति दशकमा ३.७ मि. मी (३.२५) ले घटेको देखाएको छ।

३. सन् २०६० सम्म तापमान १.३ डिग्री सेल्सियस – ३.८ डिग्री सेल्सियसको बीचमा बृद्धि हुने र वार्षिक वर्षा देशभरि १० देखि २०५ घट्ने अनुमान गरिएको छ ।

४. बाढी र पहिरो आदिको आवृत्ति बढ्दै छ र कृषि बाली उत्पादनमा प्रभाव पैदा गर्दैछ (थापा र अधिकारी, २०१८) ।

५. Recording station बाट पर्याप्त डाटा र पूराना डाटा (न्यूनतम २० वर्ष सम्मको) सजीलै उपलब्ध हुन सक्छ ।

६. विश्व बैंकको अध्ययन अनुसार किसानको शिक्षा र प्रभावकारी प्रसार कार्यक्रमबाट यस्तो योजना विस्तारले WII को उच्च मागलाई निम्त्याउन सक्छ।

७. अर्थ मन्त्रालय, कृषि र पशु विकास मन्त्रालय, बीमा बोर्ड र निजी बीमा कम्पनीहरूले ध्क्ष्क्ष् को लागि महत्वपूर्ण चासो देखाइरहेका छन्।

८. युवा स्वरोजगार, युवा लक्षित, वसन्ते धान उत्पादन बढवा कार्यक्रम आदि सरकारी तर्फबाट सुरु भैसकेको छ ।

९. अनुदान को लागि बीमा अनिवार्य भैसकेको छ ।

सम्भावित कार्यक्रमहरु
नेपालको बीमा बोर्डको जानकारी अनुसार WWI को लागी सम्भावित पायलट कार्यक्रम देशका विभिन्न भागहरुमा सुरू गर्न सकिन्छ, जहाँ हामी सामाजिक,भौगोलिक,आर्थिक भिन्नता पाउन सक्छौं। विभिन्न मौसम जोखिम, चरम सीमा र खतराहरू देशका विभिन्न भागहरूमा देख्न सकिन्छ। केहि सम्भावित पायलट कार्यक्रम हरु निम्नानुसार हुन सक्छन ।

WWI का केहि सीमितताहरु

यी सम्भाव्यता र सम्भावित पायलट कार्यक्रमको बावजुद नेपालमा मौसम सूचकांकमा आधारित बीमा लागू गर्न केही सीमितताहरू छन्। केही मुख्य सीमितताहरूयस प्रकार छन्।

१. किसानहरू यो नविन बीमा योजनाका वारेमा अझै अनभिज्ञ नै छन् ।

२. नेपाली जनताको विविधता, बीमा योजनामा लगानी गर्ने इच्छुकतालाई सामाजिक(आर्थिक अवस्थाले पनि असर गर्न सक्छ।

३. मौसम सूचकांकको आधारमा रकम भुक्तानी र मूल्य निर्धारणका निमित्त प्रभावकारी काम निकै कम भएको अवस्था छ।

४. मौसम सूचकांकको खराब चयन पनि एक सीमितता हो ।

५. सीमित खतराहरू मात्र विचार गरिन्छ ।

WWI लागी भावी योजना

१. WWI बारेमा किसानको ज्ञान र प्रसार कार्यक्रममा जागरूकता बढाउनु पर्दछ।२

२. मौसम सूचकांक मूल्यांकनमा आधारित विज्ञलाई प्रशिक्षण दिनुपर्दछ।

३. WWI नेपालको प्रारम्भिक चरणमा छ, यस क्षेत्रमा उचित अनुसन्धान र विस्तार पनि आवश्यक छ।

४. नेपाल सरकार, बीमा बोर्ड र विभिन्न निजी बीमा कम्पनीले यो योजना सानाधारक किसानका लागि विस्तार गर्नुपर्दछ।

५. मौसम स्टेशनको गतिविधिहरु सुदृढ पार्दै अगाडी बढ्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर