BREAKING
'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार |

विगत केही समय यता कृषि क्षेत्र पूर्ण रूपमा रासायनिक मल, किटनाशक, भारी मेशीनहरु तथा अन्य एग्री-इन्पुटहरुमा निर्भर रहेको पाइएको छ जसकारण माटोको शक्त्तिसँगै अन्य प्राकृतिक स्रोतहरुमा पनि नराम्रो असर पर्न गएको छ। उक्त असरलाई कम गराउनको लागि अहिलेको समयमा संरक्षण खेती प्रणाली अपनाउनु अत्यावश्यक देखिन्छ जसले माटोको उर्वरा शक्ती बढाउनुको साथै उत्पादनलाई पनि दिगो बनाउँछ। यस्तै संरक्षण खेती प्रणाली अन्तर्गतको अती नै महत्वपूर्ण प्रबिधी हो ‘मल्चिङ’ अर्थात ‘छापो दिने’। खाली जमिन या रुख विरुवा वरिपरी जैविक अथवा अजैविक वस्तुहरुले ढाकेर माटोको गुण सुधार गर्नुलाई नै ‘मल्चिङ’ अर्थात छापो दिनु भनिन्छ। छापो दिनको लागी जमिन ढाक्न प्रयोग गरिने वस्तुहरुलाई ‘मल्च’ अर्थात छापो भनिन्छ।

छापो दुइवटा समूहमा विभाजित गर्न सकिन्छ। जैविक छापो (पराल, घास, कागज, पात) र अजैविक छापो (प्लास्टिक)। छापोको रूपमा हामीले स्थानिय स्रोतहरु जस्तै जङ्गलको स्याउला, पात, पतिङ्गरलाइ पनि प्रयोग गर्न सक्छौ। छापो दिनुको मुख्य उद्धेश्यहरु भनेका माटोको चिस्यान बचाइराख्नु, झार नियन्त्रण गर्नु, माटोको तापक्रम नियन्त्रण गर्नु, सतहको जटिलता घटाऊनु, माटोको क्षरण र सतहको अपवाह रोक्नु, साथै माटोको संरचना सुधार गर्नु हो।

चाहे व्यवसायिकरण गरिएको खेती होस् या निर्बाहमुखी खेती, छापो दिनुका आफ्नै फाईदाहरु छन। छापो दिनुका केही फाईदाहरु:

१) बोट विरुवाको वरिपरी छापो दिनुले माटोको चिस्यान वास्पिकरण हुने दर घटाऊँछ जसकारण विरुवालाई दिनु पर्ने पानीको मात्रा पनि घट्छ।

२) माटो माथिको छापोले इन्सुलेटरको रूपमा काम गर्छ र माटोलाई गर्मीको समयमा पनि चिसो बनाइराख्छ।

३) झार नियन्त्रण गर्न धेरै मद्दत पुर्याउँछ।

४) जैविक छापोहरु प्रयोग गर्नाले माटोको उर्वरा शक्ती बढाउन मद्दत गर्छ।

५) माटोमा पाइने धेरै थरिका तत्वहरु बोट विरुवाका लागि उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अति सुक्ष्म जिवहरु फस्टाउनको लागि चाहिने बातावरण पनि बनाइराख्छ ।

यती फाईदा हुँदा हुँदै पनी केही कारणवश मल्चिङ हानिकारक पनि सावित हुन सक्छ। धेरै छापो दिनाले अक्सिजन र पानी जरा सम्म नपुग्ने हुँदा बोट निसासिन सक्छ। यदि छापोलाई बोटको डाँठसम्म थुप्रो लगाइयो भने बोटमा रोग लाग्न सक्छ। यि समस्याहरुको निवारण गर्नको लागि छापो दिने बेलामा निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्ने हुन्छ:

१) छापो दिने बेलामा छापो २ देखी ३ इन्च बाक्लो हुनु काफी हुन्छ।

२) जमिनमा रहेका झारहरु हटाइ पर्याप्त पानी दिएपछी मात्र छापो बिछाइनु पर्छ।

३) बोटको वरिपरी छापोको धेरै थुप्रो लगाउनु हुँदैन।

तसर्थ बोट विरुवाको वरिपरी छापो दिनाले धेरै समस्याहरुको निवारण हुने गर्छ । समय र अर्थको धेरै लगानी गर्नु नपर्ने तर छापो दिनुको नतिजा भने धेरै राम्रो आउने हुनाले संरक्षण खेती प्रणाली अन्तर्गतको यस प्रबिधि अति नै फाईदाजनक र सफल रहेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख