त्येक वर्ष धेरै किसानहरू प्राकृतिक प्रकोप तथा कीरा र रोगका कारण बालीको नोक्सानी भोगिरहेका छन् । भविष्यमा हुनसक्ने आर्थिक तथा भौतिक क्षतिको पुर्ताल गर्न बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच हुने एक प्रकारको सम्झौतालाईइ बीमा भनिने गरिन्छ। बालीनालीमा लाग्ने किरा, अतिबृष्टि, खडेरी, बाढी, सलह, आदिको जोखिम तथा पशुहरुमा लाग्ने रोग, बाघ भालुको डर आदिको जोखिम विरुद्ध गरिने बीमालाई बाली तथा पशु बीमा भनिन्छ । कृषकलाई केन्द्रित गरी कृषि बिमा ल्याइएको छ ।

सरकारले २०६९ साल माघ १ गतेबाट लागू हुने गरी कृषिमा बीमा नीति ल्याएको थियो । यसपछि बाली तथा पशुपंक्षीको बीमा हुन सुरु भएको हो । ०६९ सालमा बाली तथा पशुपंक्षी विमा ऐन साथै बाली तथा पशुपक्षी बीमा निर्देशिका २०६९ लागू गरेपछि कृषि बीमा गर्न सुरु गरिएको थियो ।कृषि उत्पादन बृद्धि गर्ने हिसाबले सरकारले यो योजना बाहिर ल्याएको हो । देशलाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले सरकारले कृषि बीमा मार्फत कृषकहरुलाई यो क्षेत्रमा प्रोत्साहन गर्न खोजेको हो . बाली तथा पशुपन्छि बीमामा कृषि क्षेत्रलाई विस्तार एवम् प्रवद्र्धन गर्ने, कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितीबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न सहयोग गर्ने, कृषि क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, कृषि क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्ने प्रमुख उदेश्यहरु रहेका छन् ।

बिमाले के–कस्ता जोखिम रक्षावरण गर्छ ?

देहायका कुनै कारणबाट धानबाली, तरकारी, फलफुल, आलु पंक्षि र माछा बीमा अबधीभित्र हानी नोक्सानी भएमा बिमकले बीमाङ्क रकमको ९० प्रतिशत रकम बिमितलाई भुक्तानी गर्नेछ स्

१) आगलागी, चट्याङ

२) भूकम्प

३) बाढी, डुबान, खडेरी

४) पहिरो

५) आँधिबेहरी, असिना हिउँ वा तुषारो

६) आकास्मिक दुर्घटनाजन्य बाह्य कारण

७) किरा तथा रोगबाट हुने हानी नोक्सानी (माछाको हकमा तलका थप बुँदा समेत)

८) अक्सिजनको कमी, एमोनियाबाट हुने नोक्सानी

९) विशालु पदार्थबाट मरेमा पशुधनको हकमा स् मृत्यु भएमा बीमाङ्क रकमको ९० प्रतिशत उपलब्ध हुन्छ भने पूर्णरुपमा असक्त भएमा बीमा रकमको ५० मात्र दिने उल्लेख छ । तर पशु थुनेलो भएको अवस्थामा ३० प्रतिशत मात्रै दाबी गर्न पाइन्छ ।

“बाली तथा पशु पन्छी बीमा निर्देशिका,२०६९” अन्तर्गत तत्काल ६ वटा क ृषि बीमाका बीमालेखहरु तयार गरी जारी गरियो । शुरुको अवस्थामा बाली अन्र्तगत लागतमा आधारित बीमालेख जारी गरिएको थियो भने हाल आएर उत्पादनमा आधारित बीमालेख तयार गर्दा कृषकहरु बीमा तर्फ थप आकर्षित भई बाली बीमाको दायरा अझ बढी फराकिलो हुने कुरालाई मध्यनजर गर्दै समितिबाट हालसालै ४९ वटा तरकारीमा तथा मसला बाली तर्फ अदुवा र बेसारमा उत्पादनमा आधारीत बीमालेख तयार गरी प्रचलनमा ल्याइएको छ ।

कसले बीमा गर्न सक्छन् ?

एउटा गाई पाल्नेले पनि बीमा गर्न पाउँछ भने व्यवसायीक किसानले पनि । प्रत्येक कृषकले सुरक्षण गर्न पाउने बालिको न्यूनतम क्षेत्रफल पहाडमा ८ आना र तराईमा १ कठ्ठा हुनु पर्नेछ । सो भन्दा कम क्षेत्रफलमा लगाईएको बालिको लागि बीमा लेख जारी गरिएको छैन ।बीमा प्राप्त गर्न सरकारले जारी गरेको निर्देशिकामा सुरक्षण हुने बालिको लागत तथा क्षेत्रफल पनि तोकिएको छ । निर्देशिकामा बालिको बीमा गर्दा बाली लगाउँदा देखी बाली पर्दा सम्म लाग्न लागत मुल्य कृषि बिकास मन्त्रालय मार्फत उपलब्ध गराएको आधारभूत लागत विवरण बमोजिम हुने जनाइएको छ ।

कृषि बीमामा के के पर्छ ?

क) पशुधन बीमा

ख) पंक्षी बीमा

ग) धानबाली बीमा

घ) तरकारी बीमा

ङ) फलफूल बाली बीमा

च) माछा बीमा

छ) च्याउ बीमा

ज) अष्ट्रिच बीमा

झ) मौरी बीमा

पशुपन्छी तथा बाली बिमा कसरी गरिन्छ ?

पशु पन्छी तथा बाली बिमा गराउन चाहने बीमितले कम्पनीले उपलब्ध गराएको पशुपन्छी तथा बाली बिमा प्रस्ताव फारम पूर्णरुपले भरी बाली र पशुपन्छीको विवरण पूरा खोल्नुपर्छ ।साथै पशुपन्छी स्वास्थ्य विवरण सम्बन्धित पशु चिकित्सक÷प्राविधिक÷कृषि प्राविधिकबाट भराउनु पर्छ । सो पशु पहिचानको लागि चिकित्सक वा प्राविधिकबाट संकेत पट्टा लगाई सो को नम्बर पनि बिमा प्रस्ताव फाराममा उल्लेख गर्नुपर्छ ।कृषकले लगाउने बिउ सर्टिफाइड प्रयोग गर्नुपर्दछ, बिमित वस्तुभाउलाई बीमा नगरिएका वस्तुभाउसँग राख्न पाइदैन ।

बीमा दाबी गर्न जादा किसानले गर्नुपर्ने प्रक्रिया

बीमा लेखले रक्षाबरण गरेको जोखिमहरूका कारण बिमित माछा र पंक्षिको हानी नोक्सानी भएमा सात(७) दिन भित्र र धानबाली, तरकारी, फलफूल, आलु र पशुधनको हकमा १५ दिनभित्र वा सो अबधिभित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैङ्क वा सदस्य संस्थामार्फत देहायका कागजातहरू बिमक समक्ष पेश गर्नु पर्नेछ ।

१) सक्कल बीमा लेख

२) पूर्णरुपले भरिएको दाबी फारम

३) सम्बन्धित प्राबिधिकको प्रतिवेदन (पशु र पंक्षिको हकमा मृत्यु र प्रमाणपत्र)

४) नपा वा गाविस वा वडाको सर्जमिन मुचुल्का वा माछा, पशुधन र पंक्षिको हकमा कम्तिमा सबभन्दा नजिकको २ जना छिमेकीको सर्जमिन मुचुल्का आवश्यक हुन्छ ।

बिमा गर्न कहाँ सम्पर्क गर्ने ?

हाल २० वटा बीमा कम्पनीहरूले पशु तथा बालि बीमा कार्य सुरु गरेका छन् । हरेक बीमा कम्पनीलाई ३ देखी ५ वटा जिल्लाहरू कार्यक्षेत्रको रुपमा तोकिएको छ । तोकिएका जिल्लाहरूमा सम्बन्धित बीमा कम्पनीहरूले अनिवार्यरुपमा बाली तथा पशुपंछी बीमा व्यवसाय गर्नुपर्नेछ भने अन्य जिल्लाहरूमा आवश्यकता अनुसार बीमा व्यवसाय गर्न पाउने व्यवस्था गरिएको छ । कृषि बिमा गर्न डेढ दर्जनभन्दा बढी कम्पनीले अनुमति लिएका छन् । ती मध्ये आफूलाई पायक पर्ने कुनै पनि कम्पनीका अभिकर्ता वा सिधै कम्पनीको कार्यालयमा गई आफूले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरि फाराम बुझाउनु पर्छ । उक्त कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आईसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली बिमा गरिदिन्छन् ।

निर्जीवन बीमा कम्पनी र तोकिएका जिल्लाहरू

१) नेपाल इन्सुरेन्स कम्पनी– दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर

२) राष्ट्रिय बीमा कम्पनी – बझाङ, डोटी र कैलाली

३) एनएलजी इन्सुरेन्स कम्पनी –डोल्पा, रुकुम सल्यान र बाँके

४) प्रभु इन्सुरेन्स कम्पनी –मुस्ताङ, म्याग्दी, बाग्लुङ, गुल्मी र स्याङ्जा

५) युनाइटेड इन्सुरेन्स कम्पनी – हुम्ला, बाजुरा र अछाम

६) एभरेष्ट इन्सुरेन्स कम्पनी – कालिकोट, दैलेख, सुर्खेत र बर्दिया

७) सगरमाथा इन्सुरेन्स कम्पनी– मुगु, जाजरकोट र जुम्ला

८) सिद्धार्थ इन्सुरेन्स कम्पनी– मनाङ, कास्की, पर्वत, पाल्पा र रुपन्देही

९) प्रुडेन्सियल इन्सुरेन्स कम्पनी– गोरखा, लमजुङ, तनहुँ र नवलपरासी

१०) शिखर इन्सुरेन्स कम्पनी– चितवन, मकवानपुर, धादिङ, नुवाकोट र रसुवा

११) हिमालयन जनरल इन्सुरेन्स कम्पनी– सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, ललितपुर, पर्सा र बारा

१२) प्रिमियर इन्सुरेन्स कम्पनी– दोलखा, रामेछाप, सिन्धुली, सर्लाही र रौतहट

१३) एनबी इन्सुरेन्स कम्पनी– सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी र धनुषा

१४) लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी– संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर र सिरहा

१५) नेको इन्सुरेन्स कम्पनी–ताप्लेजुङ, पाँचथर, इलाम, झापा र मोरङ

१६) दि ओरियन्टल इन्सुरेन्स कम्पनी– धनकुटा, सुनसरी, तेह्र्रथुम र सप्तरी

१७) नेसनल इन्सुरेन्स कम्पनी – रोल्पा, प्युठान, दाङ, अर्घाखाँची र कपिलवस्तु ।

(अजोड इन्सुरेन्स कम्पनी,सानीमा,जनेरल् इन्सुरेन्स कम्पनी भर्खरै थपिएका हुन् )

बाली तथा पशुुपन्छी बीमामा अनुदान

कृषि बिमाको क्षेत्रमा जति बिमाशुल्क लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले हाल्नुपर्ने व्यवस्था छ । अहिलेको सरकारले भ्याट छुट गरेका कारण सहज भएको छ । त्यसको मूल्यांकन पनि हुन्छ । सामान्यतयाः किसानले यसवापत ५ प्रतिशत प्रिमियम तिर्नुपर्छ । जसअनुसार एक लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तुको बिमा गर्दा किसानले पाँच हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ । पाँच हजार बीमाशुल्क मध्ये ३७ सय ५० रुपैयाँ सरकारले अनुदान दिन्छ भने १२ सय ५० रुपैयाँ किसान आफैंले बेहोर्नुपर्छ । एक लाख रुपैयाँको बिमा गराउने एजेन्टले बिमा शुल्क (पाँच हजार) को १५ प्रतिशत अर्थात ७ सय ५० रुपैयाँ कमिसन पाउँछ । एजेन्टले पाउने ७ सय ५० कमिशनमा मध्ये ५ सय ६२ रुपैयाँ ५० पैसा सरकारले अनुदान दिन्छ । किसानले भने १ सय ८७ रुपैयाँ मात्रै एजेन्ट कमिनि बेहोरे पुग्ने व्यवस्था छ । बिमित पशुलाई लगाइने संकेत पट्टाबापत प्राविधिकलाई २ सय रुपैयाँको भुक्तानी भने किसानले गर्नुपर्दछ । १ हजार २५० रुपैयाँमा कृषकको १ लाख रुपैयाँ बराबरको जोखिम बीमा कम्पनीले गर्न सक्दछ । साथै, १०० रुपैयाँमा बीमितको दुर्घटना बीमा २ लाख रुपैयाँको हुन्छ । बीचामा पशु तथा बाली बिक्री गर्नु परेमा बीमालेखको हस्तान्तरण गर्न सकिन्छ ।

बीमा गर्न कति शूल्क लाग्दछ ?

पशूको लागि : बीमाड्ढको ५५ (३.७५५ अनूदान सरकारले दिने)

पंक्षीमा प्रति वर्ष : बीमाड्ढको ५५ (३.७५५ अनूदान सरकारले दिने)

पंक्षीमा प्रति व्याच : बीमाड्ढको १.२५५ (०.९३७५५ अनूदान सरकारले दिने)

बालीमा : प्रति बाली लागत मुल्यको ५५ (३.७५५अनूदान सरकारले दिने)

माछामा : बीमाड्ढको २५ (१.५५ अनूदान सरकारले दिने)

च्याउ बीमा : बीमाड्ढको ५५ (३.७५५ अनूदान सरकारले दिने)

अष्ट्रिच बीमा : बीमाड्ढको २५ (१.५५ अनूदान सरकारले दिने)

मौरी बीमा : बीमाड्ढको ५५ (३.७५५ अनूदान सरकारल’े दिने))

क्षतिपूर्ति नहुने अवस्था शर्तहरु :

बीमित पशुपन्छी वा बाली हराएमा वा चोरी भएमा,निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा , बीमित पशुपन्छी वा बालीको बिमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको सता दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बिमाशुल्क प्राप्त नभएमा ,बीमित पशुपन्छी वा बालीको शरीरमा लगाई राखिएको संकेत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा, बीमित पशुपन्छी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बिमक वा तोकिएको संस्थालाई नगराएमा ,चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५÷६ किलोमिटर भन्दा बढीको दूरीमा दुर्घटना भएमा ,बिमकको सहमतिबिन पशुपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सोबाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा, बर्डफ्लुको कारणबाट मरेमा (कुखुरा), कानूनी निकायको आदेशमा नष्ट गर्नुपर्ने भएमा,हराएमा वा चोरी भएमा, झुठ्ठा विवरण दिएमा,क्षमता भन्दा बढी पालन गरेमा, अन्य प्रयोजनमा प्रयोग गरेमा (पशु),युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट बीमित पन्छीरपशुरमाछारबालीको हानी नोक्सानी भएमा बीमा क्षतिपूर्ति हुँदैन ।

कति दिनभित्र भित्र बीमाको क्षतिपूर्तिको दाबी गर्ने ?

सामान्यत सबै बीमा कम्पनीहरूको पशुपंक्षी वा बाली नोक्सान भएको ३ देखि ७ दिन भित्र कृषकले बीमा अभिकर्ता, कृषक समूहरसदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनु पर्ने नियम छ । १५ दिन भित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्जमिन मूचूल्का पेश गरेपछि ठाउँ हेरी बढीमा एक महिना भित्र क्षतिपूर्ती उपलब्ध गराइने व्यवस्था छ । बीमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनु पर्छ । अन्यथा क्षतिपूर्तीमा दाबी गर्न पाइँदैन ।

कसरी दावी माग गर्ने ?

बाली तथा पशुपंक्षी बीमा अन्तर्गत बीमा गरिएको सम्पत्तिको क्षति भएको बीमा लेखमा तोकिएको समया वधिभित्र बीमितले बीमा कम्पनीलाई जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । पन्छी मरेमा दुई दिनभित्र, बालीको क्षति हानी(नोक्सानी भएमा तीन दिनभित्र, पशुधनको मृत्यु भएमा तीन दिनभित्र, माछा मरेमा दुई दिनभित्र बीमकलाई जानकारी दिनुपर्छ । जानकारी दिएको ४८ घण्टाभित्र बीमकले निरीक्षण गर्न सक्नेछ तर, क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कुनै बाधा पुर्याउने छैन ।

पशुको बीमा गर्दा ध्यान दिनु पर्ने कुरा हरु

पशुको बीमा गर्दा बाँझोपन छुट्निे अवधिभन्दा अगाडि बीमा दाबी गर्न पाइँदैन । पशुको बाँझोपन थाहा पाउने अवधि पछाडि मात्रै दाबी गर्न सकिनेछ । जस्तै, गाईको हकमा २८०, भैंसीको ३१०, घोडाको ३४०, भेडा र बाख्राको १५०, सुँगुर ११५ र गधाको ३७० दिनपछि मात्रै बाँझोपनको दाबी गर्न पाइनेछ । त्यस्तै बीमा गरिएको पशु कुनै रोगको कारणले १५ दिनभित्रै मृत्यु भएको अवस्थामा दाबी लाग्दैन ।

कति अवधिका लागि बीमा हुन्छ ?

(बिमा कम्पनीको नियमअनुसार फरक पर्न सक्छ)

–पशुधनमा एकवर्ष

–पंन्छी छोटो अवधि एक ब्याच वा एक वर्ष

–बालीमा एक बाली अवधि भर वा बढीमा एक वर्ष

कति उमेरको पशु बीमा गरिन्छ ?

स्थानीय तथा उन्नत नश्लको गाई सामान्यतया दुई वर्ष (पहिलो वेत भएको) देखी दस वर्षसम्म भैसी स् तीन वर्ष अथवा (पहिलो वेत भएको) देखी १२ वर्षसम्म

स्थानीय तथा उन्नत नश्लको बाछी कोरली वा पाडी : ६ महिनादेखि दुई वर्षसम्म

प्रजननको लागि उन्नत नश्लकोे साँढे वा राँगो : तीन वर्षदेखि १२ वर्षसम्म

भेँडा, बाख्रा, बंगूर : तीन महिनादेखि बिक्रीका लागि तयार हुँदासम्म

बिमा गरिएको पशुपन्छी वा बाली बेच्नुपरेमा के गर्ने ?

बिमा गरेको पशुपन्छी वा बाली बेच्नुपरेमा बेच्नुअघि बिमा कम्पनीलाई जानकारी गराई बिमा रद्द गरेमा ८ महिनासम्म बीमालेखमा उल्लेखित प्रतिशतका हिसाबले कटाई बाँकी बिमा शूल्क फिर्ता पनि पाइन्छ । तर, दाबी परिसकेको हकमा भने फिर्ता हुँदैन ।

कति दिनभित्र क्षतिपुर्ति पाइन्छ ?

पशुपन्छी वा बाली नोक्सान भएको तीन दिनभित्र कृषकले बिमा अभिकर्ता, कृषक समूह÷ सदस्य संस्थाको प्रतिनिधिलाई जानकारी गराउनुपर्छ । १५ दिनभित्र प्राविधिकबाट प्रमाणित गराएको प्रमाण पत्र, सक्कल बीमालेख र सर्जमिन मूचूल्का पेश गरेपछि ठाउँ हेरी बढीमा एक महिनाभित्र क्षतिपूर्ति पाउन सकिन्छ । बिमा अवधि समाप्त भएको रहेछ भने नवीकरण गराउनुपर्छ । नभए क्षतिपूर्ति पाईँदैन ।

बिमालेख के–के कारणले रद्द हुन सक्छ ?

बीमित पशुपन्छी वा बालीको सम्बन्धमा लुकाइ छिपाइ झूटा विवरण दिइएको पाइएमा रद्द हुन्छ ।बिमकलाई जानकारी नदिई अवधि समाप्त नहुँदै पशुपन्छी वा बाली बिक्री गरेमा वा अन्य कुनै कारणले हक छाडी हस्तान्तरण गरेमा बीमालेख स्वतः रद्द हुन्छ । बीमित पशुपन्छी वा बाली कुनै वित्तिय संस्थाबाट ऋणमा लिएको अवस्थामा उक्त ऋण चुक्ता भई बीमित पशुपन्छी वा बाली बिक्री भएको अवस्थामा बिमालेख स्वतः रद्द हुन्छ ।

कार्यान्वयनको समस्या

नेपाल सरकारले कृषि क्षेत्रको समग्र बिकासको लागि अवलम्वन गरेको कृषि बीमालाई ग्रामीण स्तरसम्म पुर्याउन बीमा समितिले अथक प्रयासहरु गर्दै आएको छ । कृषकको लगानी सुरक्षित गर्न बीमा कार्यक्रम ल्याए पनि सरकारले किसानलाई यसबारे जानकारी गराउन नसर्दा कार्यान्वयनमा जटीलता आएको हो । कृषि बीमा ब्यापक र सफल नहुनुमा बीमा एजेन्टहरू गाउँगाउँमा नपुग्नु पनि एक हो ।भौगलिक अवस्था र बीमा कम्पनीका कर्मचारीहरू क्षति भएको अवस्थामा गाउँगाउँमा सवर्भेयर पुग्न पनि समस्या छ ।

नवीनतम प्रविधिबाट क्षतिको सर्भे गर्ने व्यवस्था नेपालमा शून्य छ । अर्को, कृषकहरूलाई बीमाका बारेमा खासै ज्ञान छैन । व्यावसायिक कृषि गर्ने केही सीमित कृषकहरूले भने बीमाबाट फाइदा लिन सकेका छन् । केही प्राविधिक समस्याका कारण बीमा कम्पनीहरू कृषि तथा बाली बीमामा आकर्षित भने हुनसकेका छैनन् । बीमा गर्दाका झन्झटीला प्रक्रिया र बीमा लिँदा खेप्नु पर्ने दौडधुपले पनि कृषक त्यत्ति आकर्षित हुन सकेका छैनन् । यसो हुनुमा मुख्यतया कारणहरुमा भौगोलिक बिकटता, कृषिमा व्यवसायीकरणको अभाव, कृषि वीमाको प्रचार प्रसारमा कमी, बाली तथा पशुपन्छी बीमा अभिकर्ताको अभाव, उपलव्ध प्राविधिकहरुमा पनि बाली वीमा सम्बन्धी प्रक्रियागत ज्ञानको कमी लगायत छन् ।

निष्कर्ष

देशबाट विदेशीने युवाको संख्या बढ्दै गएपछि नेपाल सरकारले कृषिमा लगानी बढाई युवा वर्गलाई स्वदेशमै रोजगारी दिने खालका विभिन्न कार्यक्रम ल्याएको छ भने कृषकको लगानीलाई संरक्षित गर्न बीमा कार्यक्रम ल्याएको छ । तर जुन उद्देश्यले सरकारले बीमा कार्यक्रम ल्याएको थियो त्यसमा सफल भएको दाबी गर्ने अवस्था नभए पनि सुरुवात भने राम्रो मान्न सकिन्छ । बीमा गराउनु पर्दछ भन्ने चेतना सबै कृषकहरूमा पुग्न सकेको छैन ।

अहिले कृषि उपजको मात्रै बीमा हुने गरेको छ । बाली लाग्दै नलागे वा अन्य कुनै कारणले कृषि उत्पादन घटे त्यसमा पनि बीमा हुने व्यवस्था गरी त्यसको जानकारी कृषकलाई दिन सके कृषि बीमा बढ्न सक्छ ।व्यावसायिक कृषि गर्ने केही सीमित कृषकहरूले भने बीमाबाट फाइदा लिन सकेका छन् ।उनी जस्तै धेरैले बीमाको बारेमा सुने पनि बीमा गराउन उत्सुक देखिँदैनन् । किसानहरू आफ्नै तरिकाले काम गरिरहेका छन् । उनीहरू कसरी बीमा गर्ने, बीमा गर्दा के फाइदा हुने, क्षतिपूर्तिको दाबी कहाँ गर्ने जस्ता पक्षमा अनभिज्ञ छन् । बीमाका बारेमा बुझेकाहरू पनि बीमाका झन्झटीला प्रक्रिया सुनेरै त्रसित छन् ।बीमा लिन जाँदाको झन्झटीलो प्रक्रिया सहज बनाइनु पर्दछ । काम गर्नेलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याउन जरुरी छ । निजी बीमा कम्पनी नाफामुलक हुने हुँदा किसानको समस्यालाई राज्यले नै आफ्नो दायित्वका रुपमा लिइ जिम्मा पनि लिनु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित ख