BREAKING
'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार |

खाद्यका लागि कृषि अभियानको आयोजनामा विश्व खाद्य दिवस २०२४ सम्पन्न भयो। नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र खाद्य दिवस मूल समारोह समितिको सहकार्यमा ललितपुरमा सम्पन्न भएको यस कार्यक्रममा सरकारका पूर्व उपप्रधानमन्त्री, संसदीय दलका नेता, विभिन्न पार्टीका प्रमुख सचेतक तथा सचेतक, प्रतिनिधिसभाका सदस्यहरू, बागमती प्रदेशका उपसभामुख, प्रदेश सभा सदस्यहरू, योजना आयोगका पूर्व उपाध्यक्ष, विश्वविद्यालयका पूर्व उपकुलपति, संवैधानिक आयोगका पूर्व सदस्य, पूर्व राजदूत, प्राध्यापक, अभियन्ता, कलाकार, लेखक, विद्यार्थी, किसान र पत्रकारहरूको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रसायन र विषादीरहित खेती प्रणालीको आवश्यकतालाई महत्त्व दिँदै यस्तो कार्यक्रम आयोजना गरिएको बताउनु भयो। अधिकारीले खाद्यका लागि कृषि अभियानले साना सीमान्तकृत किसान, मानव स्वास्थ्य, र पर्यावरणमैत्री खेती प्रणालीका पक्षमा वकालत गर्दै आएको पनि उल्लेख गर्नुभयो।

सिल्पी थियटरसँगको सहकार्यमा निर्माण गरिएको सट्टापट्टा नाटकको प्रदर्शन गरियो। यस नाटकले कृत्रिम रसायन र विषादीले हावा, पानी, र माटोलाई विषाक्त बनाउने र दीर्घकालमा मानिस पनि कृत्रिम हुने सम्भावनालाई उजागर गरेको बताउनु भयो। नाटकका लेखक तथा निर्देशक युवराज घिमिरेले समकालीन संकटको प्रदर्शन गरिएको नाटकले समाधान खोज्न सबैलाई प्रेरित गरेको बताउनु भयो।

कार्यक्रममा विभिन्न थरिका रैथाने खानाहरू खुवाइयो र पर्यावरणीय कृषिका सन्देशहरू समेत प्रदर्शनी गरियो। धन्यवाद ज्ञापन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले विषादी र रसायनको संकटलाई मध्यनजर गर्दै पहिले नै IPM (एकीकृत कीट व्यवस्थापन) खेती प्रणालीको प्रोत्साहन गरिएको बताउनु भयो। उनले समकालीन संकटबाट बच्न एकीकृत कृषि प्रणालीलाई प्रोत्साहन गर्नु आवश्यक रहेको भन्दै सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो। करिब चार घण्टा चलेको कार्यक्रम अनौपचारिक छलफल र रैथाने खानाको स्वादको साथमा सम्पन्न भयो।

प्रतिक्रिया

सम्बन्धित ख