राष्ट्रिय कृषक समूह महासंघकाे संयाेजन र दिगाे कृषिमा काम गरिरहेका अभियान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाकाे सहकार्यमा दिगाे र पर्यावरणीय मैत्रि खेतीपाती राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएकाे हाे ।

“माटाे बचाउँ, खेतिपाति सपाराैँ र किसानलाई उत्थानशील बनाऔँ ” भन्ने मुख्य नाराकाे साथ २०८१ कार्तिक ५ गते ललितपुरमा सम्पन्न भएकाे कार्यक्रममा राष्ट्रिय किसान समूह महासंघका अध्यक्ष तथा पदाधिकारी , कृषि तथा पशुपन्छि मन्त्रालयका सह सचिव लगायत अभियान्ता तथा कृषि विज्ञहरु उपश्थिति रहेकाे थियाे । कार्यक्रमकाे सुरुवातमा उपश्थित सम्पूर्णलाई स्वागत गर्दै राष्ट्रिय किसान समूह महासंघका अध्यक्ष पन्चकाजि श्रेष्ठले यस्ता छलफल तथा कार्यक्रमकाे औचित्व बढ्दै गहिरहेकाे बताउनु भयाे ।

“पर्यावरणिय कृषिमा सरकारकाे प्राथमिकता र रणनीतिक महत्व” बिषयमा आफ्नाे प्रस्तुति राख्दै कृषि तथा पशुपंछि विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले विश्व जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणिय प्रदुषण जस्ता मुख्य संकटहरुबाट गुज्रिएको बताउनु भयाे । यस्ता संकटबाट साना किसान र सिमान्तकृत वर्ग झनै प्रभावित हुने बताउँदै श्रेष्ठले हामिले अपनाएकाे हरित क्रान्तिमा आधारित कृषि प्रणालिले यस्ता संकटलाई झनै बढावा दिएकाे बताउनु भयाे । नेपालकाे खाद्य प्रणालि नै हाम्राे हातबाट फुत्किन लागेकाे बताउँदै उहाँले नेपालकाे कृषि तथा खाद्य प्रणालि रुपान्तरण गर्न ढिला भैसकेकाे बताउँदै, यसकाे लागि पर्यावरणीय कृषि एउटा बलियाे बाटाे भएकाे बताउनु भयाे । पर्यावरणीय कृषि प्रोत्साहन गर्ने सरकारि दस्तावेजमा समेटिएका बुँदामाथि चर्चा गर्दै उहाँले बुँदाहरु आफैँमा अपर्याप्त र भएका पनि कार्यान्वयनमा नगएकाे बताउनु भयाे ।

“पर्यावरणीय कृषिकाे रणनीति बाटाेका विषयमा नागरिक समाज संस्थाकाे बुझाई” भन्ने बिषयमा आफ्नाे प्रस्तुति राख्दै लिवर्ड बाट सन्ताेष श्रेष्ठले नेपालमा पर्यावरणीय कृषिकाे रणनिति बन्ने क्रममा रहेकाे बताउनु भयाे । श्रेष्ठले नेपालमा नीतिगत रुपमा केही हदसम्म पर्यावरणीय कृषि समेटिएकाे भएतापनि कार्यान्वयन नगन्य भएकाे बताउनु भयाे ।

कार्यक्रममा पर्यावरणीय खेतिपातीकाे अभ्यास र यसकाे भविष्य विषयक प्यानल छलफल सम्पन्न भएकाे थियाे । जसकाे सहजिकरण एबं अध्यक्षता डा. एमुना घलेले गर्नु भएकाे थियाे भने प्यानलिस्टकाे रुपमा चन्द्र अधिकारी, निमा यान्छेन र नवराज बस्नेत हुनुहुन्थ्यो ।

याे सँगै खाद्यका लागि कृषि अभियानका संयाेजक उद्वव अधिकारिले सहजिकरण तथा अध्यक्षता मा पर्यावरण मैत्री कृषि नीति, बजार र समात्नु पर्ने बाटाे बिपयक प्यानल छलफल सम्पन्न भयाे । जसमा प्यानलिष्टकाे रुपमा आर बी राई , डा. कृष्ण प्रसाद पाैडेल , जिवन्ती पाैडेल र भरत भण्डारी प्यानलिष्टकाे रुपमा हुनुहुन्थाे ।

करिब ७ घण्टा सघन रुपमा सञ्चालन भएकाे कार्यक्रममा खाद्य वस्तु तथा बीउकाे प्रदर्शनि समेत गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित ख