पहिलाे लकडाउन खुलेसँगै तंग्रिँदै गरेको दुग्ध व्यवसाय दाेस्राे चरणकाे लकडाउन सँगै खुम्चिएकाे छ । पहिलाे लकडाउन खुले सँगै दुग्ध ब्यवसायले पनि आफ्नाे गति लिएकाे थियाे तर अहिले दुध संकलन र वितरण ४० प्रतिशतमा झरेकाे उद्दाेगिहरू बताउँछन्। दूध बिक्री राेकिए सँगै किसानकाे भुक्तानीसमेत राेकिएकाे छ ।

नेपाल डेरि एसाेसिएसनकाे अनुसार किसानले झन्डै डेढ अर्ब रुपैयाँ पाएका छैनन् । जसमध्ये डिडिसिकाे मात्रै ३५ करोड रुपैयाँ तिर्न बाँकी छ । ६ लाख किसान प्रत्यक्ष संलग्न भएकाे दुग्ध क्षेत्र सरकारले आत्मनिर्भर घाेषणा गरेकाे क्षेत्र पनि हाे  । यसमध्ये डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनले करिब चार लाख किसानबाट दूध संकलन गरिरहेका छन् । डीडीसीले करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत दूध संकलन गरिरहेको छ । १२ सय सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता रहेको डीडीसीले जनाएको छ ।

‘अघिल्लो लकडाउनमा डीडीसीको बिक्री २०–२५ प्रतिशत घटेको थियो । अहिले निषेधाज्ञाले थप १०/१२ प्रतिशत गिरावट आएको छ,’ झाले भने, ‘धेरै दूध संकलन गरेर नयाँ भार लिन सक्ने अवस्थामा छैनौं ।’ डीडीसीले आठ आयोजनामार्फत दूध संकलन गर्दै आएको छ । दूध काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत तराईका क्षेत्रबाट संकलन गरिन्छ । दूध संकलनमा कटौती भएपछि ती क्षेत्रका किसानले गुनासो गरिरहेको झाले बताए । डीडीसीले अहिले व्यावसायिक किसानको दूध संकलनलाई प्राथमिकता दिएको छ । व्यावसायिक किसानको बैंक ऋणलगायतको समस्या भएकाले ठूला व्यावसायिक किसानलाई प्राथमिकता दिइएको जनाएको छ ।

यता डेरी उद्योगीहरूले भने अब भार थेग्न नसक्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पत्र पठाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख