BREAKING
'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार |

कृषि तथा पशुपन्छि विकास मन्त्रालयकाे आयाेजनामा कृषि विकास रणनीति माथिकाे छलफल कार्यक्रम सम्पन्न भयाे । सिंहदरवारस्थित मन्त्रालयकाे सभाहलमा सम्पन्न भएकाे छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी , मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र, सहसचिव डा. रामकृष्ण श्रेष्ठ, खाद्यका लागि कृषि अभियानका संयाेजक तथा अभियान्ताहरु र कृषि विकास रणनीति परिमार्जन समितिका विज्ञ सदस्यहरुकाे उपश्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सुरुवातीमा बाेल्दै मन्त्री रामनाथ अधिकारीले आफू सदैव किसानकाे हितकाे पक्षमा रहेकाे बताउँदै छलफलका असल पक्षहरुलाइ सम्भब भएसम्म संबाेधन गरिने बताउनु भयाे । कार्यक्रममा बाेल्दै मन्त्री अधिकारीले आफू बल्ल बल्ल मन्त्री भएकाे र कृषि क्षेत्रमा केही गराैँ भन्ने हुटहुटि रहेकाे समेत बताउनु भयाे । याे सँगै मन्त्री अधिकारीले आफ्नाे ईच्छा नेपाल आत्मनिर्भर बनाेस् भन्ने रहेकाे बताउनु भयाे र अभियानका सदस्यलाई अब बन्ने मार्गदर्शनलाइ उचित बुँदा, उचित कार्यदिशा र आवश्यक परेमा सिद्धान्त सम्म नै प्रस्ताव गर्न पनि आग्रह गर्नुभयाे ।

खाद्यका लागि कृषि अभियानकाे तर्फबाट प्रस्ताव प्रस्तुत गर्दै कृषि विज्ञ डा. कृष्ण प्रसाद पाैडेलले रणनीतिकाे मुख्य उद्देश्य कुल संसाधन उत्पादनकाे अवधारण नै गलत भएकाे बताउँदै त्यसै अवधारणा आधारित कृषि विकास रणनीति यसकाे निर्माणसँगै नै असफल भएकाे बताउनु भयाे । कृषि विकास रणनीति सँगै विकसित राष्ट्रिय किसान आयाेगकाे निर्माण प्रकृयामाथि प्रश्न उठाउँदै पाैडेलले रणनितिकाे निर्माण नै दाताकाे पैसाले भएकाे र याे निर्माण गर्ने प्रकृयामा भएकाे हताराेले तल्लाे तहसम्म असल शन्देस पुग्न नसकेकाे बताउनु भयाे । पाैडेलले आधार नै असल नभएकाे रणनीति पुनर्लेखन गर्नुकाे बिकल्प नरहेकाे बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै प्राध्यापक छवि पाैडेलले कृषि विकास रणनीतिले जमिन नटेकेकाे बताउँदै , कृषि अनुदान र कर्जाबाट ठुला व्यापारी मात्रै लाभान्वित भएकाे र साना किसानले आर्थिक तथा सामाजीक न्याय महशुस गर्ने अवस्था सिर्जना गर्ने गरि रणनीति विकास गर्नु पर्नेमा जाेड दिनु भयाे । कार्यक्रममा बाेल्दै उप प्राध्यापक महेश जैशिले कृषि विकास रणनीतिमा भएकाे CAESE काे अबधारणा एकदमै बलियाे भएता पनि कार्यन्वयन नभएकाे बताउनु भयाे । कृषि विकास प्रसारकाे लागि कृषि शिक्षा, कृषि प्रसार, अनुसन्धान र अभ्यास एकै ठाँउमा राख्न पर्ने बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै राष्ट्रिय किसान समूह महासंघबाट केदार काेईरालाले महिला कृषकका बिषय, किसान समूहकाे बिषयहरु, विप्रेषणलाई कृषि क्षेत्रमा प्रयाेग गर्ने नीति तथा कृषि विकास रणनीतिमा समावेश गर्न आवश्यक भएकाे बताउनु भयाे । रणनीतिलाई प्रदेश र स्थानीय तहले अंगिकार नगरेसम्म रणनीति जस्ताे बनेपनि कार्यन्वयन फितलाे हुने बताउनु भयाे । कार्यक्रममा बाेल्दै पत्रकार शुरेस यादवले कृषि विकास रणनीति किसानकाे लागि बनेकाे जस्ताे नदेखिएकाे बताउनु भयाे । नेपालकाे संविधान निर्माणकाे प्रकृया शुरु हुँदै गर्दा हतार गरेर ल्याईएकाे कृषि विकास रणनीति संविधान जस्तै अपुराे भएकाे बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै प्राध्यापक खेमराज दाहालले कृषि विकास रणनीतिकाे मुख्य खम्बाकाे रूपमा राखिएकाे कृषि सरकार नै अहिले स्थानीय तहमा सबैभन्दा फितलाे बनेकाे बताउनु भयाे । रणनीतिमा भएका लक्ष्य ज्यादै महत्त्वकांक्षि भएकाे बताउँदै उहाँले उत्पादन प्रणालीले ५ ‘ज’ जंगल, जलस्राेत, जमिन, जनशक्ति र जनप्रतिनिधिमूलक निकाय लाई न्याय गर्न पर्ने बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै टीका भट्टराईले किसान काे हाे ? भनेर परिभाषित गर्नु आवश्यक रहेकाे बताउनु भयाे । कृषि अनुदान तथा कृषि कर्जाकाे दुरुपयोग राेक्न स्थानीय तहमा किसानकाे तथ्यांक निर्माण तथा बार्षिक रूपमा पुनरावलोकन गर्ने व्यवस्था विकास गर्न पर्ने बताउनु भयाे । याे सँगै वन र कृषि एकअर्कामा अन्तरनिहित भएकाले ,यसलाई टुटाउनु नहुने बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै अभियानका संयाेजक उद्वव अधिकारीले नेपालमा नीति र रणनीतिले भाैगाेलिक विविधतालाई अवमुल्यन गरेकाे बताउनु भयाे । किसानी छाेड्न तयारि अवस्थामा रहेकाे किसानसँग राज्यलाई सुनाउने थुप्रै गुनासाे रहेकाे बताउँदै, प्राङ्गारिक खेतीकाे अभियानकाे नेतृत्व सरकारले गर्नुपर्नेमा आफुले अभियान चलाउनु पर्ने अवस्थामा नै दुखद रहेकाे बताउनु भयाे । उत्पादकत्व, आधुनिकताकाे दाैड ” भुँईकाे टिप्न खाेज्दा पाेल्टाकाे खसे” जस्तै भएकाे उहाँकाे भनाई थियाे । नेपाल जस्ताे वहुसंख्यक किसान भएकाे देशमा खेति किसानले गर्ने कि कम्पनिले गर्ने भन्ने अन्याेलता रहनुले कृषि क्षेत्रकाे दुरावस्ता प्रष्ट पारेकाे बताउनु भयाे । चिन र भारतकाे विचमा रहेकाे नेपालमा अन्तर्राष्ट्रिय ब्यापारसँग जुध्ने कृषि गर्न नसकिने भएकाले प्राथमिकता निर्धारण गर्दा ध्यान दिनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा उठेका प्रतिकृयालाई संवाेधन गर्दै परिमार्जन समितिका संयाेजक गणेशराज जाेशिले चार बर्षमा निर्माण भएकाे रणनिति चार महिनामा परिमार्जन गर्नुपर्ने समितिकाे सिमतता रहेकाे बताउनु भयाे । कृषि क्षेत्रमा धेरै अनिश्चितता रहेकाे बताउँदै उहाँले कृषि क्षेत्रकाे रणनीति बिकास गर्ने कुरा चुनाैतिपूर्ण रहेकाे बताउनु भयाे । कृषि उत्पादनका तुलनात्मक लाभका क्षेत्रहरुलाई रणनीतिमा विशेष ध्यान दिईएकाे बताउनु भयाे यसका साथै सल्लाह, सुझाब र पृष्ठपाेषणकाे लागि धन्यवाद व्यक्त गर्नु भयाे ।

छलफलमा बाेल्दै सह सचिव डा. रामकृष्ण श्रेष्ठले आजकाे छलफलमा अभियानकाे सुझाब प्रकृतिमैत्री खेतीप्रणालीकाे प्रोत्साहन रहेकाे बताउदै उहाँले कृषि विकास रणनीतिकाे परिमार्जन प्रकृयागत हिसाबले लाेकतान्त्रिक तथा सहभागितामूलक भएकाे बताउनु भयाे । राज्यले कुन प्रकारकाे कृषि नीति अंगाल्नुपर्छ भन्ने कुरामा अलमल नरहेता पनि कार्यन्वयन पक्ष जटिल रहेकाे भुल्न नहुने बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै कृषि तथ पशुपन्छि बिकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले अब परिमार्जन हुने रणनीतिले प्राथमिक उत्पादक सबैकाे भाषा बाेल्ने , यसमा सुझाब लिने प्रकृया पनि पारदर्शि तथा सहभागीमुलक बनाईने बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित ख