BREAKING
'परागसेचक र परागसेचन माथिकाे राष्ट्रिय कार्यशाला' गाेष्ठि सम्पन्न | कृषि विकास रणनीति परिमार्जनकाे लागि खाद्यका लागि कृषि अभियानसँग छलफल सम्पन्न | न्यायपूर्ण जलवायु वित्तकाे लागि जनमार्च : फाेटाे फिचर | नेपालको समकालीन उत्पादन प्रणालीमाथि प्रश्न उठाउँदै शिल्पि कला समूह चितवनमा | नाटक प्रदर्शनी र रैथाने खाना खाएर समापन भयो खाद्य दिवस २०२४ | समापन भयाे खाद्य दिवस २०२४ : फाेटाे फिचर | साेलुखुम्बुकाे रैथाने स्वाद काठमान्डाैमा : फाेटाे फिचर | भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : फाेटाे फिचर | नेपालमा कृषि शिक्षाको बिडम्बना | तस्विरमा : तिहार लक्षित रैथाने हाटबजार |

कोभिडको दोस्रो लहरसँगै अधिकांस ब्यवसाय ठप्प छन। बजार, सडक तथा पसलहरुमा चहलपहल शुन्य छ। सरकारले सबैलाइ घरमै सुरक्षित वस्न आग्रह गरेको छ। सबै क्षेत्र ठप्प भएतापनि खेतबारीमा भने किसानको चहलपहल बढीरहेको छ। गहुँ थन्काउने देखि मकै छर्ने र गोड्ने सम्म किसानहरुलाई भ्याईनभ्याई छ। यही समयकोबिचमा कृषि अध्ययन गरेर कृषिलाइ नै कर्म बनाउनु भएका डडेलधुराका कृषि उद्यमी कविराज अवश्थीसँग कृषिका विविध आयाममा उब्जनीबाट दिपेश नेपालले गरेको भलाकुसारी यहाँ प्रस्तुत गरिएको छ।

देश कोभिडले आक्रान्त छ, “घरै बसाैँ सुरक्षित बसौँ” भनेर सरकारले सबैमा आग्रह गरिरहेको छ। तपाँई चाँही अहिले कता हुनुहुन्छ ?
म अहिले आफ्नै फार्मतिर छु। लकडाउन छ , कोभिडको मारामारी छ, भनेर हामि कृषकले कहाँ सुख पाउँछौ र ? कृषकलाइ लकडाउन लाग्यो भने त अर्को महामारी आइहाल्छ नी।

अहिले के काम चलिरहेको छ फार्मतिर ?
बेमौसमी खेतिकोलागि टनेल निर्माणको काम सकियो। ७५ ओटा टनेल निर्माण भएको छ। टनेलमा भेडे खुर्सानी, टमाटर र काक्रोको खेति गरिएको छ। खुला ठाँउमा चै आलु र अदुवा छन्। आलु र अदुवा चै भित्राउने बेला हुन लागेको छ।

लकडाउनले बेर्ना, बिउ ल्याउन र उत्पादन बिक्रि बितरणमा कस्तो असर पारेको छ ?
आम क्षेत्रमा यसले थुप्रै असर पारेतापनि मलाई चै यसले खासै असर पारेको छैन। मैले पहिले नै बेर्ना, बिउ, किटनासक, ढुसिनासक सबै स्टकमा राखेको थिएँ। उत्पादनको विक्रि वितरणको सवालमा चाँहि, भर्खरै बेर्ना लगाएको छु। अब असार,साउन सम्म अवस्था कस्तो हुन्छ त्यसमा भर पर्छ।

थोरै प्रसङ्ग बदलौ, अहिले प्रायजसो कृषिका विद्यार्थिहरु बिदेश जान वा सरकारी जागिर खान मरिहत्ते गरिरहेका छन्। यस्तो अवस्थामा तपाइलाई कृषि कर्मतिरै लाग्न कुन कुराले प्रेरित गर्याे ?
मलाइ पहिलेदेखि नै उत्पादन क्षेत्रले सँधै आकर्षण गरिरहन्थ्यो। कृषि पढेका मान्छे नै कृषि कर्ममा लाग्नपर्छ भन्ने लाग्थ्यो । घरपरिवार पहिले व्यवसायतिरै भएर पनिहोला मलाइ सरकारी जागिरमा खासै मोह जागेन।

कृषि व्यवसायमा लागेर गल्ती गरेँकी भन्ने लाग्दैन कहिलेकाँहि ?
मलाइ त्यस्तो कहिल्यै लागेन। मेरो अध्ययनको क्षेत्र पनि यहि भएर होला बजार ब्यवस्थापन देखि लिएर लागतको ज्ञान पनि हुनेहुँदा झनै सहज हुने रैछ। आफुले पढेको कुरा ब्यवहारमा लागु गर्दा कस्तो चुनौती छन् भन्ने कुरा पनि जानिदो रैछ। मलाइ कृषि व्यवसायमा लागेर ठिक गरे जस्तो लाग्छ। प्राय स्थानिय मान्छेहरु फार्म हेर्न आउनुहुन्छ। उहाँहरुलाइ प्रविधिको बारेमा जानकारी दिन्छु। गरे नेपालमै हुने रैछ भन्नुहुन्छ, खुसि लाग्छ। म त पढे लेखेका युवालाइ पनि कृषिमा लाग्न आग्रह गर्छु। सबै मिलेर लगानी जुटाएर लागि परे आमुल परिवर्तनको संभावना देख्छु ।

नेपालमा कृषि सबैभन्दा ठुलो समस्या बजारको छ , पैसा जति बिचौलियालाइ किसान मारमा भन्ने जस्ता कुरा धेरै सुनिन्छन। यसलाइ तपाइले कसरी ब्यवस्थापन गर्नु भएको छ ?
म धेरै बेमौसमी खेती गर्छु। दुख धेरै भएपनि बेमौसमी खेतीबाट आम्दानी चै राम्रै हुन्छ। नेपालमा उत्पादन र बजारीकरणको तालमेल नमिलेर पनि किसान धेरै मारमा परेका हुनकि झै लाग्छ मलाई चाँही। उत्पादन र बजार ब्यवस्थापन दुबैलाइ ध्यान दिने हो भने कृषिबाट मनग्य कमाउन सम्भब छ। मेरै उत्पादन सुदुरपश्चिमका सबै जिल्ला, बुटवल देखि काठमान्डौ सम्म पनि पुग्छ। उत्पादनलाइ जति नै बजारलाइ पनि ख्याल गर्नु पर्याे, कलेक्सन सेन्टरहरुसँग सँग सम्झौता गर्न पर्याे। व्यवसाय नै गर्छु भनेर लागेपछी बाठो त हुन पर्याे नि।

तपाई कृषि क्षेत्रमा लागेको पनि ४ बर्ष भैसक्यो, यो विचमा तपाइले यो क्षेत्रमा प्रमुख कुन कुन समस्या देख्नु भयो ?
समस्या त धेरै नै छन्। हामिले टेक्नोलोजीलाइ कृषिमा प्रयोग गर्न सकिएको छैन। कृषिमा अनुदानको वितरण चै आफ्नो झोला मात्र बोक्नेलाइ मात्र वितरण गर्ने प्रचलन पनि समस्या नै हो। सुदरपश्चिम प्रदेशमा आफ्नो बजार विस्तार गरेतापनि सरकारि अनुदान खासै पाइएको छैन। अर्काे समस्या प्राविधिक सहयोग नपाउनु पनि हो। किसान स्तरमा हेर्ने हो भने बजारको पनि समस्या नै छ । अर्काे कुरा किसानलाइ सहयोग माग्दै सरकारसँग पुग्ने फुर्सद नै हुन्न के। सरकार पुग्न पर्याे किसानको घरघरमा।

अन्त्यमा कृषि क्षेत्रको सुधारको लागी के गर्न सकिएला ?
सरकारी तवरबाट हेर्ने हो भने गर्नेलाइ अनुदान दिन पर्याे आफ्नोलाइ हैन। प्राविधिक विस्तार गर्न पर्याे। निती निर्माण गर्दा माथि बसेर हैन ग्राउन्डमा आउन पर्याे। किसानको समस्या के छ ? बुझ्न पर्यो। किसानका दुख बुझोस। त्यहि नै हो ।

प्रतिक्रिया

सम्बन्धित ख