जाउ सहकारी सबै था हुन्छ
मै कृषि बिज्ञ भनेर काँ हुन्छ?
फल्नेको भन्दा नफल्नेको चिन्ता
चल्ने को भन्दा ढल्नेको चिन्ता
भनेजस्तो उसको मनमा भयो
जसै बिष्नुहरी बारीमा गयो
फेरि थपिन आट्यो कि पिर
मेरो सपना पारी चिरा चिरा
रोइ कराइ उ मुखिया ठाउँ गयो
अगाडि बिन्ती बिसाउदो भयो।
लौ न हजुर अब म कसो गरु
छोर्छोरी मारुँ कि म पहिले मरुँ
हेन के भन्छ यो, मुखिया रिसायो
अब फेरि उसको बोल्ने पालो आयो।
कसैलाइ नपर्ने समस्या पर्यो ए हजुर
यो गरिब त ज्युदै मर्यो ए हजुर
हप्ता दिन अघि दुखले धान लायो
अहिले त सुकेर पहेँलो भइ आयो।
बचेरा के खान्छन, मैले के खानु
गुहार माग्दै अब, म कहाँ जानू
अस्ति भर्खर पहाड बाट झरियो हजुर
आजै यो अबस्थामा परियो हजुर
यो सुनी मुखिया एकफेर मुस्कायो
र बल्ल गरिबलाइ बेलिबिस्तार लायो
जाउ सहकारी सबै था हुन्छ
मै कृषि बिज्ञ भनेर काँ हुन्छ?
कुन औषधि कति राख्ने भन्ने थाहा पाउछौ
एक हप्ता मै धान हरियो भयो भन्दै आउछौ
पाइन्छ मल तिम्ले खोजे जति
बीउ, बिजन, बिषादी कति हो कति
परेर मख्ख जाउ झोला बोकि
बालीको बिमा गर्ने पो होकि
सहकारी सङ्ग सहकार्यमा सर
बाली उत्पादन सुनिस्चित गर।
बाली लगाउन रिण चाहिए पनि
निबेदन बुझाउ, रिण चाहियो भनी।
सस्तो व्याजदर ले मन यसै फुरुक्क
किस्ता किस्तामा तिर भइ ढुक्क
सबैको सोच्दछ भलो सहकारी
कृषक रमाउने थलो सहकारी
जाउ अहिल्यै पछाडी नपर्नु
शुभ कुरामा ढिलो किन गर्नु
मुखियाले सिकायौ कति राम्रो कुरा
नत्र म त्यति जान्ने कहाँ छु र
भनेर बिष्नुहरी सहाकारीतिर लायो
उस्लाइ देखेर मुखिया रमायो।
हामी नि आजै सहकारी जाउँ
कृषीलाइ चाहिने समान समाउँ
कृषि को दाहिने हात सहकारी
कहिल्यै नगर्ने घात सहकारी।।